२१ चैत्र २०८२, शनिबार | April 4, 2026

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने



भक्तपुर । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२ को परीक्षा सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ । सोही दिन नयाँ कोर्सको संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक संस्कृत रचनाको पनि परीक्षा हुने कार्यतालिकामा उल्लेख छ ।

वैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि बोर्डले पुनः अर्को परीक्षाको व्यवस्था भने नगरिने बोर्डले जनाएको छ । परीक्षाको तालिकाभित्र कुनै आकस्मिक बिदा परेमा परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित नगरिने परीक्षा नियन्त्रक शर्माले जानकारी दिए ।

उनका अनुसार यसवर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ६० हजार परीक्षार्थी सहभागी हुने छन् । गत वर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ९६ हजार ३४७ र आंशिक तर्फ एक लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी थिए । गतवर्ष कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सुरु भई जेठ २ गते सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  १० : ०१ बजे

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा

आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौं । भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल

आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने