८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

लुम्बिनी बोर्डिङ स्कुलको ३२ औँ वार्षिकोत्सव सम्पन्न



बुटवल । बुटवल उपमहानगरपालिकास्थित चिडियाखोला सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको ३२ औँ वार्षिकोत्सव विविध सांस्कृतिक प्रस्तुति, सम्मान तथा पुरस्कार वितरण कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सबित्रा अर्यालले गरेकी थिइन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बुटवललाई शिक्षाको हबका रूपमा स्थापित गर्न निजी शैक्षिक संस्थाहरूले महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरिन् । उनले समयसापेक्ष प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको बताउँदै बालबालिकालाई किताबी ज्ञानसँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा पनि सक्रिय हुन आग्रह गरिन् ।

वार्षिकोत्सव समारोहमा रुपन्देही उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली, विद्यालयका प्राचार्य तथा प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, प्याब्सन रुपन्देहीका अध्यक्ष दिपक खनाल, प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम बस्याल, मणिमुकुन्द कलेजका सञ्चालक तथा सहप्राचार्य दिवाकर खनाललगायतले विद्यालयको स्थापना कालदेखि हालसम्मको शैक्षिक प्रगति र योगदानबारे चर्चा गरेका थिए ।

कार्यक्रमका अवसरमा पूर्वप्राथमिकदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूले नृत्य, गीत, तेक्वान्डोलगायत विभिन्न सांस्कृतिक तथा प्रतिभामूलक प्रस्तुति दिएका थिए । विद्यालय तथा बाह्य स्तरका राष्ट्रिय, जिल्ला र नगरस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विद्यालयको गरिमा बढाउने विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो ।

विद्यालयका सहप्राचार्य तथा व्यवस्थापन समितिका उपाध्यक्ष कौशलराज बस्यालका अनुसार शैक्षिक वर्ष २०८१ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका विद्यार्थीहरूले सतप्रतिशत नतिजा हासिल गरेका थिए । उक्त उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई वार्षिकोत्सवका अवसरमा विशेष सम्मान प्रदान गरिएको थियो । साथै नर्सरीदेखि कक्षा ९ सम्म वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

यसैगरी एसईई २०८१ मा सतप्रतिशत नतिजा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने माध्यमिक तहका शिक्षकहरू तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गराउन योगदान पुर्‍याउने शिक्षक र प्रशिक्षकहरूलाई पनि सम्मान गरिएको विद्यालयका शिक्षक सुदिप बस्यालले जानकारी दिए ।

विद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय शिक्षा, अनुशासन र समग्र व्यक्तित्व विकासमा जोड दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि आधुनिक, प्रविधिमैत्री र प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्दै क्षेत्रीय शैक्षिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ९ : ५१ बजे

निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

ललितपुर । अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका निम्ति आवश्यक स्रोतसाधनको कमी

झण्डा जलाउनेहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन् : शंकर पोखरेल

बुटवल । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले झण्डा जलाउने जस्ता

युएईद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहम्मद बिन

पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र पोर्चुगलका परराष्ट्र

लुम्बिनी बोर्डिङ स्कुलको ३२ औँ वार्षिकोत्सव सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिकास्थित चिडियाखोला सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको