नेपालगन्ज । निर्वाचन आचारसंहिता पालनामा गम्भीर हुन पत्रकारलाई आग्रह गरिएको छ । नेपाल पत्रकार महासङ्घ, बाँकेले आज यहाँ आयोजना गरेको ‘निर्वाचन रिर्पोटिङ र आचारसंहिता’ विषयक अन्तक्र्रियामा सरोकारवालाहरुले निर्वाचन आचारसंहिता पालनाले पत्रकारिताको विश्वसनीयता र गरिमा बढाउने बताएका छन् ।
महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आर्चायले पत्रकारितामा विवेकको प्रयोग नै आचारसंहिता पालना भएको उल्लेख गर्दै पत्रकारका समाचार, श्रव्यदृश्यलगायत सामग्रीले सामाजिक परिवर्तनमा अहम् भूमिका खेल्ने बताए ।
“पत्रकारहरू सामाजिक उत्थान र परिवर्तनका लागि लड्दै आएका छौँ, पत्रकारिता समाजमा सबैभन्दा दबिएका समुदायको आवाज मुखरित गर्ने आधार हो”, उनले भने,“त्यसैले पत्रकार आचारसंहिताका साथै निर्वाचन आचारसंहितालाई पनि ध्यान दिँदै जनताको पक्षमा काम गर्न आवश्यक छ ।”
महासङ्घका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले मिडिया हाउसमा चरम ‘सेल्फ सेन्सरसीप’ गर्न थालिको भन्दै मिडिया र सामाजिक सञ्जाल एउटै ‘प्लेटफर्म’ होइन भन्ने बुझेर काम गर्नुपर्नेमा जोड दिए ।
महासङ्ङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइँले पत्रकार आचारसंहिता पालनाले पत्रकारलाई नैतिक आचारणमा राख्नुका साथै समाजप्रतिको दायित्वबोध गराउने बताए ।
महासङ्घ, बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष नीरज गौतम, रुद्र सुवेदी, सचिव कृष्ण ओली, पत्रकार प्रियास्मृति ढकाल, आरिफ अन्सारी, कमल डाँगीलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।



















प्रतिक्रिया