१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

यस्तो छ शुधान्सु कोइरालाको चुनावी संकल्प पत्र (पूर्णपाठ)



नेपालगन्ज । प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार शुधान्सु कोइरालाले आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत संकल्प–पत्र सार्वजनिक गरेका छन् । नेपालगन्जमा मंगलबार एक औपचारिक समारोहका बीच उम्मेदवार कोइरालाले संकल्प सार्वजनिक गरेका हुन् ।

नेपाली कांग्रेसले कानून(न्याय, सुशासन, भौतिक पूर्वाधार र विकास, उद्योग व्यवसाय प्रवद्र्धन, पर्यटन विकास, वातावरण संरक्षण, कृषि तथा उद्यमशिलता, शिक्षा, स्वास्थ्य, यूवा खेलकुदको उत्थान र धर्म(संस्कृति जगेर्नाप्रतिको प्रतिबद्धतालाई संकल्प पत्रमा बुँदागत रुपमा समेटेको छ । नेपाली कांग्रेस बाँकेका सचिव समेत रहेका उम्मेदवार कोइरालाले लोकतन्त्र, संविधान, विधिको शासन, सामाजिक न्याय, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सदैव अग्रसर रहने प्रतिवद्धता ब्यक्त गर्दै कटिबद्ध भएर प्रस्तुत हुनेमा दृढ संकल्प गरेका छन् ।

संकल्प पत्र सार्वजनिक कार्यक्रममा बोल्दै कोइरालाले सुशासनतर्फ भ्रष्टाचार नियन्त्रणका लागि शुन्य सहनशिलता नीतिलाई कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाए । उनले सरकार वा संस्थाको काम पारदर्शी र स्पष्ट हुनुका साथै निर्णय, बजेट, योजनाबारे नागरिकले थाहा पाउनुपर्ने मान्यतालाई व्यवहारमा ल्याइने जनाए । निर्वाचन पछि जनताका माझ नआउने परम्परालाई आफुले सच्याउने जनाउँदै उनले जिल्लाका अग्रज नेताहरु र कार्यकर्ताहरुसंग सल्लाह गरेर नै आफुले योजना बनाउने उल्लेख गरे ।

काइरालाले सार्वजनिक गरेको संकल्प पत्रमा सूचनाको हकको पूर्ण कार्यान्वयनको वातावरण बनाउन भूमिका खेल्ने, जिम्मेवार तहमा रहेका सबैले आफ्नो काम, कर्तब्यप्रति जवाफदेही हुँदै असललाई पुरस्कृत र खराबलाई दण्ड दिने नीति संस्कृति अवलम्बन गर्न भूमिका निर्वाह गर्ने उल्लेख छ ।

यस्तै भौतिक पूर्वाधार र विकासतर्फ नेपालगन्जमा वृहत चक्रपथ (रिङरोड) परियोजनालाई मूर्त रुप दिन पहल गर्ने, नेपालगन्ज र डुडुवा क्षेत्रका भौतिक पुर्वाधार (सडक, ढल, नाला) निर्माणका लागि विशेष प्राथमिकता दिने, ग्रामिण क्षेत्रमा रहेका फुसको छानालाई विस्थापित गरी कर्कट पाता लगायतको वैकल्पिक छानो व्यवस्थाका लागि पहल गर्ने लगायतका विषय संकल्प पत्रमा लेखिएको छ ।

यसैगरी उद्योग, व्यवसाय प्रर्वद्धनतर्फ भारतसँगको आयात–निर्यात सहजताका लागि आइसीपीको प्रभावकारी सञ्चालन गरिने, खुला सिमानाका कारण हुने चोरी, पैठारीलाई निरुत्साहित गर्न भन्सार मूल्यांकनलाई पुनरावलोकनका लागि आवश्यक नीति तर्जुमा गर्न आवश्यक पहल गर्ने, नयाँ उद्योग स्थापनाको लागि करमैत्री नीति लागू गर्न अग्रसर रहने, स्थानीय उद्योगलाई प्रोत्साहन, प्रवद्र्धन र बजारीकरण गर्न आवश्यक पहल गर्ने संकल्प पत्रमा उल्लेख छ ।

त्यस्तै राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रुपान्तरण गर्न अग्रसरता लिइने, नेपालगन्ज–दिल्ली लगायत भारतीय शहरमा हवाई उडानका लागि कूटनीतिक पहल गर्ने, बागेश्वरी मन्दिर, जुँगे खडेश्वर महादेव, गौशाला हनुमान मन्दिर (१०८ फिट), राप्ती (सिधनियाघाट), राप्ती गंगा महाआरती, बेतहनी पाँझस्थित शिवधाम लगायत क्षेत्रलाई धार्मिक, साँस्कृतिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न योजना अनुरुप कार्य सम्पन्न गर्न आवश्यक पहल गर्ने पनि संकल्प गरिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ९ : ३६ बजे

प्रधान सेनापति अशोकराज सिग्देलद्वारा पूर्वी पृतनाको निरीक्षण

सुनसरी । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले आज पूर्वी पृतना

कांग्रेसले देश सम्हाल्छ र अवस्था सुधार्छ : सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टी देशलाई

जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्छ : अध्यक्ष घिसिङ

पाँचथर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत् नै

प्रधानमन्त्रीद्वारा निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका

यस्तो छ शुधान्सु कोइरालाको चुनावी संकल्प पत्र (पूर्णपाठ)

नेपालगन्ज । प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नम्बर २ का