नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले भोलिबाट बाँके जिल्लामा मदिराको बिक्रिवितरण तथा सेवानमा प्रतिबन्ध लगाएको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन भन्दै प्रशासनले मदिराको बेचबिखन र सेवनमा प्रतिबन्ध लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना प्रकाशित गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन भोलि (फागुन १५) देखि मतगणनाको अन्तिर परिणाम नआउँदासम्मका लागि जिल्लामा मदिरा बिक्रि वितरण तथा सेवनमा निषेध गरिएको उल्लेख छ ।
निर्वाचन सुरक्षा व्यवस्था सम्बन्धमा निर्वाचन आयोगको निर्णय बमोजिम मदिरा निषेध गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले बताए ।


















प्रतिक्रिया