१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

भड्किला भाषणले देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : सभापति थापा



बुटवल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देश निर्माणका लागि समस्या पहिचान गरी समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले विकास निर्माणका काम नगर्ने व्यक्तिलाई रुखमा बाँध्ने भन्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै थापाले त्यस्तो शैलीले देश नबन्ने स्पष्ट पारे ।

उनले उदाहरण दिँदै भने, “एयरपोर्टमा जहाज अवतरण भएन भनेर पाइलटलाई कोर्रा हानेर समाधान हुँदैन । त्यसको वास्तविक समस्या के हो भन्ने पहिचान गर्नुपर्छ ।” उनले सडक निर्माण ढिला हुनुका कारण कानुनी जटिलता रहेको उल्लेख गर्दै त्यसलाई समाधान गर्न आफूले ४१ वटा कानुन संशोधन गर्नुपर्ने आवश्यकता औंल्याएको बताए। “सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन,” उनले भने ।

थापाले आगामी पाँच वर्षका लागि कांग्रेसलाई देशको नेतृत्वमा पुर्‍याउन पार्टीका सबै नेता तथा कार्यकर्ता सक्रिय रूपमा जनतामाझ जानुपर्ने आवश्यकता औंल्याए । “पार्टीका साथीहरू घरघर जानुपर्छ । मैले सर्लाही-४ मा पनि मिहिनेत गर्नुपर्छ । तपाईंहरू हरेक जना आफैं उम्मेदवार बनेर मतदातामाझ पुग्नुस्,” उनले आग्रह गरे ।

उनले २०८२ सालको निर्वाचनमा कांग्रेसको रुख चिन्हमा मतदान गर्नुपर्ने बलियो आधार रहेको दाबी गर्दै देशलाई सुधार र स्थायित्वतर्फ लैजाने क्षमता कांग्रेससँग रहेको बताए । “अबको पाँच वर्षको समय खेर नफालौं,” उनले भने ।

थापाले सामाजिक सञ्जालमा लेखेर मात्रै मत नआउने भन्दै प्रत्यक्ष जनसम्पर्कलाई प्राथमिकता दिन कार्यकर्तालाई निर्देशन दिए । “सामाजिक सञ्जालमा लेखेर मात्र नबस्नुस् । आफ्नो गोडा, हात र मुख चलाउनुस्, मतदाताको घरघर पुगेर सम्मानपूर्वक समर्थन माग्नुस्,” उनले भने ।

उनले विगतका कमजोरीहरू सच्याउँदै नयाँ सोच र प्रतिबद्धताका साथ कांग्रेस अघि बढेको समेत उल्लेख गरे ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  १ : १९ बजे

भ्रष्टाचार प्रकरणमा आप प्रमुख अरविन्द केजरीवाललाई अदालतको क्लिनचिट

नयाँ दिल्ली। दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का

आगामी वर्षको कर नीतिबारे सुझाव दिन राजस्व परामर्श समिति गठन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया

भड्किला भाषणले देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : सभापति थापा

बुटवल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक

होलीका नाममा सार्वजनिक स्थानमा भीड जम्मा नगर्न काठमाडौं प्रशासनको निर्देशन, मदिरा वेचविखनमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्व मनाउँदा शान्तिसुरक्षा

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने