३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

सशस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक



महेन्द्रनगर । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बलका बाहिनीस्तर (डिआइजी तह) को समकक्षी समन्वायात्मक बैठक भारतको उत्तराखण्डस्थित चम्पावतमा सम्पन्न भएको छ ।

बिहीबार सम्पन्न बैठकमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सीमा क्षेत्रमा हुनसक्ने अवैध घुसपैठ, चोरी निकासी, लागुऔषध ओसारपसार नियन्त्रणसम्बन्धी छलफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

निर्वाचनका समयमा हुनसक्ने निर्वाचनविरोधी क्रियाकलाप, अवैध घुसपैठ रोक्न तथा मौन अवधिभर हुने सीमानाका बन्दको प्रभावकारिता, सम्भावित अवैध तथा गैरकानुनी गतिविधिको सुक्ष्म निगरानी गरी सूचना आदानप्रदान एवं त्यस्ता गतिविधि नियन्त्रण गर्न दुवै पक्ष सहमत भएका छन् । बैठकमा निर्वाचनका समयमा हुने सम्भावित सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सयुक्त र समानान्तर सीमा गस्तीलाई सशक्त बनाउनुका साथै सुरक्षा व्यवस्थालाई चुस्त एवं दुरुस्त पार्ने सम्बन्धमा समेत छलफल भएको जनाइएको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तेस्रो देशका नागरिकको अनाधिकृत प्रवेश, लागुऔषध ओसारपसार, मानव बेचबिखन, जाली नोट कारोबार, हतियार तथा नगदको तस्करी नियन्त्रणका लागि निरन्तर एवं घनिष्ठ सहकार्य गर्नका लागि आ–आफ्ना मातहतका युनिटलाई निर्देशन दिने सहमति भएको थियो ।

समन्वयात्मक बैठकमा सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो । भारतीय सीमा सुरक्षा बलका तर्फबाट सेक्टर हेडक्वाटर अल्मोरा र पिलिभितका डिआईजद्वय सुधान्सु नौटियाल र अनिलकुमार शर्मालगायत सुदूरपश्चिम प्रदेशसँग सीमा क्षेत्रमा कार्यरत रहेका भारतीय समकक्षी सशस्त्र सीमा बलका सबै रेजिमेन्ट प्रमुखको उपस्थिति रहेको थियो ।

सशस्त्र सीमा बल, भारत र सशस्त्र प्रहरी बल, नेपालबीच केन्द्रीय, प्रदेश र जिल्लास्तरमा विभिन्न समन्वयात्मक बैठकहरू हुँदै आएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ४ : ०३ बजे

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क

रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेललाई

बुटवल । रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेलले जितेकी

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली