११ भदौ २०८३, बिहिबार | August 27, 2026

भ्रष्टाचारको अखडा बनाउनेले सिंहदरबार डढाए : रवि लामिछाने



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीबाट कसैले त्रसित हुनुपर्ने अवस्था नरहेको बताउँदै सुशासनलाई केन्द्रमा राखेर नयाँ राजनीतिक संस्कार स्थापना गर्ने दाबी गरेका छन्।

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशलाई आश्रित होइन, आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरे। “हामीले मागी खाने देश बनाउने होइन, गरी खाने देश बनाउने हो,” उनले भने।

लामिछानेले भदौ २३ र २४ का घटनाहरू स्मरण गर्दै ती दिनहरूमा गोली चलेको र सिंहदरबार जलेको उल्लेख गरे। “सिंहदरबार त्यसैले जलाइयो, जसले त्यसलाई भ्रष्टाचारको अखडा बनायो,” उनले आरोप लगाए।

पुराना दलप्रति लक्षित गर्दै उनले वंशवादमा आधारित राजनीति अब अस्वीकार्य भएको टिप्पणी गरे। “बाबु र बाजेको पार्टी कतै जाँदैन,” भन्दै उनले परम्परागत दलहरूलाई सत्ताबाट निष्क्रिय बनाउने समय आएको बताए।

चितवनलाई परिवर्तनको प्रारम्भिक केन्द्रका रूपमा चित्रित गर्दै उनले यहीँबाट त्यसलाई टुंगोमा पुर्‍याइने बताए। उनले मतदातासँग आफ्नो पार्टीलाई समर्थन गर्न आग्रह गरे।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ४ : २२ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक