१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

कसैले पैसा लिएर समर्थन गरेको हुन सक्छ, तर पार्टीले आधिकारिक रुपमा कसैलाई पनि समर्थन गरेको छैन : राप्रपा जिल्ला अध्यक्ष राणा



भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला अध्यक्ष सागर प्रताप राणाले रुपन्देही क्षेत्र नम्बर-२ मा कुनै पनि राजनीतिक दलका उम्मेदवारलाई पार्टीले आधिकारिक रूपमा समर्थन नगरेको स्पष्ट पारेका छन् ।

उनले राप्रपाले केन्द्रदेखि जिल्ला तहसम्म कुनै पनि राजनीतिक दलसँग सहकार्य गर्ने वा समर्थन गर्ने निर्णय नगरेको बताएका छन् । पार्टीको आधिकारिक धारणा कसैलाई समर्थन गर्ने नभएको भन्दै उनले यस विषयमा फैलाइएका हल्ला र भ्रमप्रति सचेत रहन आग्रह गरे ।

जिल्ला अध्यक्ष राणाले व्यक्तिगत स्वार्थ वा चलखेलका आधारमा केही व्यक्तिहरूले समर्थनको भ्रम सिर्जना गरेको हुन सक्ने उल्लेख गर्दै त्यस्ता गतिविधि पार्टीको आधिकारिक निर्णय नभएको बताए ।

‘कुनै व्यक्तिले पैसा लिएर चलखेल गरेको हुन सक्छ, तर पार्टीले आधिकारिक रूपमा कसैलाई पनि समर्थन गरेको छैन,’ उनले भने ।

राप्रपाले आफ्नो संगठनात्मक निर्णय र नीतिअनुसार मात्रै अगाडि बढ्ने स्पष्ट पार्दै अनधिकृत रूपमा पार्टीको नाम जोडेर गरिने गतिविधि पार्टीको धारणा नभएको जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ३ : ४१ बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष विभिन्न दलले निर्वाचन आचारसंहिता,

पश्चिम एशियाका १२ देशमा श्रम स्वीकृति अस्थायी रूपमा स्थगित

काठमाडौं । पश्चिम एशिया खाडी क्षेत्रमा विकसित पछिल्लो असहज परिस्थितिलाई

दुई प्रकारका ‘अतिवाद’ विरुद्ध नेकपालाई मत दिन प्रचण्डको आह्वान (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा काठमाडौंबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ

राजनीतिक दल नभई केही समूह निर्वाचन विथोल्न सक्रिय छन् : गृहमन्त्री अर्याल

नेपालगन्ज । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा