२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

राष्ट्रप्रतिको आफ्नो दायित्व नबिर्सन प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन



काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा लिई त्यसलाई भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सबै प्रहरी कर्मचारी सामूहिक जिम्मेवारीबोधका साथ कार्यक्षेत्रमा जुट्नुपर्ने बताएका छन् ।

निर्वाचन हुनुअघि, निर्वाचनको बेला र निर्वाचनपछि अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयमा आज श्रव्यदृश्यका माध्यमद्वारा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले राष्ट्रप्रतिको आफ्नो दायित्व नबिर्सन निर्देशन दिए ।

साथै उनले सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै रणनीतिसहित कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिए । प्रहरी महानिरीक्षक कार्कीले भरपर्दो सुरक्षा योजना अवलम्बन गर्दै अन्य सुरक्षा निकायसँग निरन्तर समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ३ : ५९ बजे

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र

बृद्धभत्ता बुझेर घर फर्कने क्रममा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

दाङ । स्थानीय बाच्छे खोलाले बगाउँदा बुधबार एक वृद्धको मृत्यु

क्यान्सर अस्पतालको प्रयोगशाला र एक्सरे सेवा २४ सै घण्टा संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल