खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज-खजुरा रोड अन्तर्गत जानकी गाउँपालिका ३ मानपुरमा भएको मोटरसाइकल दुर्घटनामा खजुरा गाँउपालिका ७ का २५ वर्षिय कमलेश यादवको मृत्यु भएको हो ।
खजुराबाट नेपालगन्जतर्फ जाँदै गरेको भे ४ प ७४८५ नम्बरको मोटरसाइकल मानपुर स्थित सडकको पर्खालमा ठोक्कीएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अधिक गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्कीएर दुर्घटना भएको बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पतालीले बताए । दुर्घटनामा खजुरा ७ कै स्थानीय सुनिल राढ घाइते भएका छन् । घाइतेको नेपालगन्जमा उपचार भइरहेको डीएसपी पतालीले बताए ।
दुर्घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया