१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

सुकेधारा र नैकापमा रोकेर राखिएको गाडीमा आगजनी



काठमाडौं । काठमाडौँका विभिन्न दुई स्थानमा दुईवटा गाडी माथि आगजनी गरिएको छ। काठमाडौं स्थित सुकेधारा र नैकापमा गाडीमा आगो लगाइएको हो।

‘सुकेधारामा बा ७ च १४०१ नम्बरको मारुती भ्यान र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए । उनका अनुसार आज बिहान ३ बजे आसपास गाडीमा आगजनी गरिएको हो।

आगजनि गरिएको सवारीधनीहरु भने अलिसम्म प्रहरीको सम्पर्कमा नआएको एसपी भट्टराईले बताए। उनले घटनास्थलमा दुर्गा प्रसाईंको समूहको पर्चा भेटिएको जानकारी दिए ।

प्रसाईंलाई निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा गत आइतबारदेखि नै भक्तपुर प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । आगजनी सम्बन्धमा अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १२ : ३३ बजे

फागुन २१ मा चुनाव हुन नसक्ने भविश्यवाणी गर्ने ज्योतिष पक्राउ

काठमाडौं । निर्वाचन विरोधी अभिव्क्ति दिने एक ज्योतिषलाई प्रहरीले पक्राउ

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ । चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१

खाना बनाउँदा बेहोस भएका निर्वाचन प्रहरीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ

सोविता गौतमले आदिवासी जनजातिमाथि लाञ्छना लगाएको भन्दै जनजाति महासंघको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा चितवन क्षेत्र

भक्तपुरबाट हतियारसहित एक जना पक्राउ

भक्तपुर । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८