१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात



वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु पाँच खर्ब १९ अर्ब एक करोड मूल्य बराबरका वस्तु तथा सामान आयात गरिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा रु ५७ अर्ब ३१ करोड अर्थात् १२ प्रतिशत बढी सामान आयात भएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा आयातमा उल्लेखनीय वृद्धि भएको बताए । “चालु आवमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामबाट बनेका सामानहरुको आयातको हिस्सा बढी देखिन्छ,” उनले भने । गत आवको सात महिनामा रु चार खर्ब ६० अर्ब २३ करोड मूल्य बराबरका सामान आयात भएको थियो ।

चालु आवको सात महिनामा रु एक खर्ब छ अर्ब ४३ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात गरिएको छ । त्यसैगरी, रु ४६ अर्ब १६ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामानहरुको आयात गरिएको छ । सोही अवधिमा रु ३५ अर्ब ८७ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात गरिएको छ । रु ३५ अर्ब ६७ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको जनाइएको छ । रु २७ अर्ब ९८ करोड मूल्य पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जाको आयात गरिएको भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ३ : ०९ बजे

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ

ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी नियन्त्रणमा

पुल्चोकस्थित दाउरा थकालीमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको

३८ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२