१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)



बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र बुटवल सुनसान बनेको छ । सोमबारसम्म भीडभाडले चहलपहल देखिएको बुटवल बजार मंगलवारसम्ममा खालीजस्तै देखिन थालेको छ ।

लुम्बिनी प्रदेशको प्रमुख केन्द्रका रूपमा परिचित बुटवलमा बसोबास गर्ने विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता तथा विद्यार्थी मतदानका लागि आ–आफ्नो गाउँ फर्किएपछि बजारको गतिविधि घटेको हो ।

पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, स्याङ्जा, बाग्लुङ र पर्वतलगायत पहाडी जिल्लाबाट व्यापार–व्यवसाय र रोजगारीका लागि ठूलो संख्यामा मानिस यहाँ बसोबास गर्दै आएपनि चाडपर्व र निर्वाचनमा मतदान गदर्न उनीहरु जन्मघर जाने गरेका छन् । फागुन २१ गते हुने निर्वाचनमा भाग लिन ती जिल्लाका मतदाता गाउँ फर्किएका हुन् ।

यसपटक तराई क्षेत्रमा मंगलबार होलीको सार्वजनिक बिदा समेत परेकाले बिहानैदेखि यात्रुहरू गाउँतर्फ लागेका छन् । निर्वाचनको माहोलका कारण होलीको चहलपहलसमेत विगतको तुलनामा कम देखिएको छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक जीवनकुमार बञ्जाडेले बुटवल–भैरहवा क्षेत्रमा बसोबास गर्ने मतदाताहरू आफ्नो क्षेत्रका उम्मेदवारलाई मत हाल्न विद्युतीय साना गाडी (ईभी) रिजर्भ गरेर गाउँतर्फ गइरहेको जानकारी दिए । आवश्यकताअनुसार जुनसुकै बेला ठूला गाडी पनि सञ्चालन गर्न कम्पनी २४सै घण्टा तयारी अवस्थामा रहेको उनले बताए ।

अधिकांश होटल तथा पसल बन्द देखिन्छन्। सधैंजसो बजार, चोक र चिया पसलमा हुने चुनावी बहस र छलफलसमेत कम हुँदै गएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले गत रातिदेखि नेपाल–भारत सीमा नाका ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गरिएको जानकारी दिए। निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको उनले बताए ।

‘हामीसँग अहिले अतिरिक्त जनशक्ति र सवारी साधन थपिएका छन्,’ चन्दले भने, ‘मतदानका लागि पहाडतर्फ जाने नागरिकलाई पनि ठाउँ–ठाउँबाट प्रहरीले सहजीकरण गरिरहेको छ ।’

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ४ : ४७ बजे

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ

ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी नियन्त्रणमा

पुल्चोकस्थित दाउरा थकालीमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको