२० फाल्गुन २०८२, बुधबार | March 5, 2026

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुरमा पक्राउ



भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका सिद्धार्थनगर नगरपालिका–७ बस्ने ४८ वर्षीय महेन्द्र यादव बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका यादवलाई आज सिद्धार्थनगर–६ स्थित गल्लामण्डीबाट प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

चितवन जिल्ला अदालतले २०८१ फागुन २५ गते यादवलाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरेको थियो । अदालतले निजलाई ३० लाख रुपैयाँ साँवा र सोहीबमोजिमको जरिवाना तिर्नुपर्ने फैसला सुनाएको थियो । अदालतको फैसलापछि बिगो, जरिवाना र कैद भुक्तान नगरी फरार रहेका यादवलाई उपस्थित गराउन चितवन जिल्ला अदालतले आदेश दिएको थियो ।

यादव आँप चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिनुभएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १० : ४० बजे

निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे

काठमाडौँ । निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुरमा पक्राउ

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी

बुटवलको इट्टाभट्टीमा दुई समुहबीच विवाद

बुटवल । बुटवल ९ इट्टाभट्टी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी र

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ