२९ माघ २०८१, मंगलबार | February 11, 2025

१ करोड ९५ लाखको बैंकिङ कसुरका फरार भरतपुरका गमबहादुर पक्राउ



काठमाडौं । बैंकिङ कुसरका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-५ घर भई हाल ललितपुर महानगरपालिका-१० धापाखेल बस्ने ४४ वर्षीय गमबहादुर पौडेल रहेका छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार ठिमी नगरपालिका-३ भक्तपुरबाट पक्राउ गरेको हो।

उनीविरूद्ध १ करोड ९५ लाख रुपैयाँ बिगोको बैंकिङ कसुरको जाहेरी रहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

उनीविरूद्ध अन्य प्रहरी कार्यालयहरूमासमेत चार वटा मुद्दा दर्ता रहेको र ती मुद्दामा उनी फरार रहेको पाइएको आचार्यले बताए।

पौडेललाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

यस्तै, बैंकिङ कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेकी काठमाडौं-१६ पकनाजोलकी ४४ वर्षीया भवानी तुलाधरलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई आइतबार साँझ पकनाजोलबाट पक्राउ गरी कारबाहीको लागि प्रहरी बृत्त सिंहदरबारमा पठाइएको उक्त कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ८ : २५ बजे

युरोप निर्यात हुन थाले बटुका

झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल,

पैदल यात्रुको सुरक्षाका लागि ‘पेलिकन’ जडान

काठमाडौँ । सडक पार गर्दा पैदल यात्रुको सुरक्षालाई प्राथमिकतामा राखी

आइएमई लिमिटेडको स्टोरी एम्बेसडरमा साइग्रेस पोख्रेल नियुक्त

काठमाडौं । आइएमई लिमिटेडले सन्तोष पोखरेललाई स्टोरी एम्बेसडरमा नियुक्त गरेको

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको

‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यवसायिक कागतीखेती रमाउँदै प्रतीक

घोराही । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा