२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी



राजविराज । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको डेन्टल (दन्तरोगसम्बन्धी) शाखाअन्तर्गत बहिरङ्ग (ओपिडी) सेवा प्रवाह गरिने भवनमा सोमबार आगलागी भएको छ । यहाँका डेन्टल ओपिडी सेवा र ‘रेकर्ड’ कोठामा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको जनाइएको छ ।

डेन्टल विभागका डा दिपाली झाका अनुसार यहाँ उपचारका लागि आएको बिरामीलाई अस्पतालमा उपचार गरिरहेका बेला डेन्टल उपकरणको कम्प्रेसरमा एक्कासी विद्युत् सर्ट भएर तल आगो लागेको हो । सो क्रममा यहाँ रहेका अरु डेन्टल उपकरणमा विस्तारै आगो लागेर फैलिएको उनले जानकारी दिए ।

अस्पतालका अनुसार आगलागीबाट तीन थान डेन्टल उपकरण, दुई थान कम्प्रेसर, दुई थान डेस्क, तीन थान डेन्टल कुर्सी, एक थान फ्रिज र सात वटा पङ्खा पूर्ण रूपमा जलेर नष्ट भएका मेडिकल सुपरिडेन्ट अवधेशकुमार मिश्राले जानकारी दिए । अन्य थप उपकरणसहित करिब रु २५ लाखभन्दा बढीको क्षति भएको उनले बताए ।

साथै ओपिडी रेकर्डका रूपमा रहेका कागजाँतहरु जलेर नष्ट भएका छन् । आयोगलाई जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी, सशस्त्र प्रहरी नेपाली सैन तथा स्थानीय र राजविराजबाट गएको बारुणयन्त्रले आगो निभाएका थिए । यो आगलागीबाट कुनै मानवीय क्षति भने नभएको अस्पतालले जनाएको छ ।

यसैबीच, अस्पतालमा आगलागी भएको घटना बुझ्न साथ हिजो मात्र सप्तरी क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित रामजी यादवले आगलागीबाट भएको क्षति विवरणबारे जानकारी लिएका छन ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ७ : ४१ बजे

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई

आजको मौसम : दिनभर साधारणतया बादल लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

राजविराज । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको डेन्टल (दन्तरोगसम्बन्धी) शाखाअन्तर्गत बहिरङ्ग (ओपिडी)

सिरहामा ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही