२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

अस्वाभाविक महत्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर वृहत एकतामा जुटौं : पूर्णबहादुर खड्का



काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रतिनिधिसभा निर्वाचनको परिणामले पार्टीभित्र गम्भीर आत्मसमीक्षा र एकताको आवश्यकता देखाएको बताएका छन्।

सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले आवेग, उत्तेजना र बदलाको भावनाबाट मुक्त भएर संयमका साथ पार्टीलाई एकताबद्ध बनाउन कांग्रेस नेताकार्यकर्तालाई आग्रह गरेका छन्।

खड्काले निर्वाचन परिणामले विभिन्न तहमा जिम्मेवारीमा रहेका कांग्रेसजनलाई गम्भीर सन्देश दिएको उल्लेख गरेका छन्। उनले अब ‘म-म’ भन्ने प्रवृत्तिबाट माथि उठ्दै विगतको निर्मम समीक्षा गर्नुपर्ने समय आएको बताएका छन्।

“अब आवेग, उत्तेजना र बदलाको भावनाबाट मुक्त भएर अत्यन्त संयम र जिम्मेवारीबोधका साथ हामी सबैले ‘म-म’ भन्दै आएका प्रवृत्तिको निर्मम समीक्षा गर्नुपर्छ,” खड्काले लेखेका छन्, “अस्वाभाविक महत्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर पार्टीको व्यापक-वृहत एकताका लागि निष्ठा र समर्पण भावका साथ अगाडि बढ्नु हामी सबैको नैतिक कर्तव्य हो।”

उनले मतदाताको निर्णयलाई ‘गम्भीर सन्देश’ भन्दै त्यसलाई आत्मसात गर्नुपर्ने पनि बताएका छन्। उनका अनुसार प्रतिनिधिसभा निर्वाचनको परिणामले विभिन्न तहमा जिम्मेवारीमा रहेका कांग्रेसजनलाई गम्भीर सन्देश दिएको छ।

खड्काले मतदातालाई ‘भगवानरूपी परमआदरणीय’ भन्दै उनीहरूको निर्णयलाई सम्मान गर्नुपर्ने धारणा राखेका छन्। साथै उनले पार्टीभित्र संयम, जिम्मेवारी र एकताको भावनासहित अघि बढे मात्रै आगामी चुनौतीको सामना गर्न सकिने बताएका छन्। पार्टी अगाडि देखिएको ‘हिमालयन चुनौती’ सामना गर्ने उपयुक्त बाटो यही नै भएको उनले उल्लेख गरेका छन्।

उनको यो अभिव्यक्तिलाई कांग्रेसभित्र देखिएको पराजयपछि उत्पन्न आन्तरिक असन्तुष्टि र नेतृत्वबीचको द्वन्द्वतर्फ संकेतका रूपमा पनि हेरिएको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ११ : १९ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।

सात जिल्लाका ४९३ उम्मेदवारको जमानत जफत

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मलुकका

अस्वाभाविक महत्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर वृहत एकतामा जुटौं : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रतिनिधिसभा निर्वाचनको परिणामले

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण