१६ असार २०८३, मंगलबार | June 30, 2026

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख



काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको केही क्षेत्रको मात्र मतगणना बाँकी रहेकाले बुधबार बिहानसम्म परिणाम प्राप्त हुने निर्वाचन आयोगले जनाएको छ ।

सङ्खुवासभा, धनुषा निर्वाचन क्षेत्र नं. १, गोरखा निर्वाचन क्षेत्र नं. १ र २, लगायत केही क्षेत्रको मात्र मतगणना बाँकी रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । यी क्षेत्रमा अहिले मतगणना जारी रहेकाले बुधबार बिहानसम्म समानुपातिकतर्फ अहिले पनि सबै क्षेत्रको मत परिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको उनले सुनाए ।

समानुपातिकतर्फ अहिलेसम्म एक करोड छ लाख ५९ हजार ८५४ मतगणना भइसकेको आयोगले जनाएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको भने मतगणना यसअघि नै भइसकेको छ ।

पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख १२ हजार २८८ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसले
१७ लाख ३५हजार ९०३ प्राप्त गरेको छ । त्यसैगरि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १४ लाख ४३ हजार २९५ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ९५ हजार ४१० मत पाएको छ ।

त्यस्तै श्रम संस्कृति पार्टीको ३ लाख ७६ हजार ६६१ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २८ हजार ६७४ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ११ : ०७ बजे

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट