१६ असार २०८३, मंगलबार | June 30, 2026

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा ५१ लाखभन्दा बढी मतसहित अग्रस्थानमा



काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।

पछिल्लो मतपरिणामअनुसार प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि अग्रस्थानमा रहेको छ । रास्वपाले हालसम्म ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ भने अब केही मतगणना मात्र बाँकी रहेको जनाइएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत प्राप्त गरेको छ । त्यसैगरी तेस्रो स्थानमा नेकपा (एमाले) ले १४ लाख ४८ हजार ३१८ मत पाएको छ भने चौथो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ८ लाख ३ हजार ६२७ मत प्राप्त गरेको छ ।

पाँचौँ स्थानमा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ मत प्राप्त गरेको छ । यस्तै छैटौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २९ हजार ४५७ मत प्राप्त गर्दै थ्रेसहोल्ड कटाएको छ ।

समानुपातिकतर्फ हालसम्म कुल १ करोड ७ लाख ३० हजार ५५१ मतगणना भइसकेको छ । प्रत्यक्षतर्फको अन्तिम परिणाम भने सोमबार नै सार्वजनिक भइसकेको छ ।

यसअघि राष्ट्रिय दलको हैसियत पाएका तथा थ्रेसहोल्ड कटाएका मधेशकेन्द्रित दलहरू भने यसपटक निकै पछि परेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले १ लाख ७४ हजार ३०६ मत प्राप्त गरेको छ भने जनमत पार्टीले ७८ हजार ९४९ मत पाएको छ । जनमतभन्दा अगाडि रहेको राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ४९७ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ७ : ३६ बजे

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट

राजधानी दैनिकका तत्कालीन सम्पादक मिश्रलाई चार महिना कैद

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गाली बेइज्जती मुद्दामा राजधानी दैनिकका

महान्यायाधिवक्ता कँडेल नेपाल-बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल नेपालबाट बेलायत

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग