२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट, ३ दिनभित्र उम्मेदवारको नाम दिन आयोगको निर्देशन

कुन दलले कति सिट पाए ?



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले पाउने सिटको टुंगो लागेको छ।

निर्वाचन आयोगले बिहीबार (फागुन २८)मा सम्पूर्ण मतगणना सम्पन्न भएपछि अन्तिम नतिजाका आधारमा सिट बाँडफाँट सार्वजनिक गरेको हो।

आयोगका अनुसार समानुपातिकतर्फ थ्रेसहोल्ड (तीन प्रतिशत) पार गरेका ६ राजनीतिक दलले प्रतिनिधिसभामा सिट प्राप्त गरेका छन्।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै ५७ सिट प्राप्त गरेको छ। त्यस्तै, नेपाली कांग्रेसले २० सिट, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)ले १६ सिट र नेपाली कम्युनिष्ट पार्टीले ९ सिट प्राप्त गरेका छन् ।

यसैगरी श्रम संस्कृति पार्टीले ४ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० (१) अनुसार दलहरूले प्राप्त गरेको सदर मतका आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम सिट बाँडफाँट गरिएको हो।

आयोगले सिट संख्या अनुसार तीन दिनभित्र उम्मेदवारहरूको नाम छनोट गरी आयोगमा पेश गर्न सम्बन्धित राजनीतिक दलहरूलाई पत्राचार गरिएको जनाएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ८ : ०७ बजे

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात

समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट, ३ दिनभित्र उम्मेदवारको नाम दिन आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र