३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा



बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा बजरंगी हनुमानजीको पूजा-प्रार्थनासहित प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ ।

धार्मिक विधि-विधानका साथ सम्पन्न कार्यक्रममा मन्दिर स्थापना कालदेखिका अध्यक्षहरू, आध्यात्मिक गुरुहरू, समाजका प्रतिष्ठित व्यक्तिहरू तथा उल्लेख्य संख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो । मन्दिरको उद्घाटन बाल व्यास १००८ स्वामी विवेकानन्द सरस्वती महाराजको करकमलबाट गरिएको हो ।

गत २३ गतेदेखि सुरु भएको धार्मिक अनुष्ठान शनिबार प्राण प्रतिष्ठासँगै औपचारिक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ । प्राण प्रतिष्ठा सम्पन्न भएसँगै मन्दिर भक्तजनका लागि खुला गरिएको छ ।

प्रवचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाल व्यास १००८ स्वामी विवेकानन्द सरस्वती महाराजले शनिदेवको पूजा गर्न चाहने भक्तजनका लागि यो महत्वपूर्ण धार्मिक कार्य भएको उल्लेख गर्दै मन्दिर निर्माणमा योगदान पु¥याउने दाता तथा निर्माणकर्ताहरू कमलकिशोर मालपानी, चुन्नुप्रसाद पौडेल, नरिश्वर पौडेल र सिद्धार्थ गुरुङलगायतलाई धन्यवाद दिए । उनले धर्म, संस्कृति र आस्थाको संरक्षणका लागि यस्ता मन्दिरहरूको महत्वपूर्ण भूमिका रहने बताए ।

उनले मन्दिर केवल पूजा गर्ने स्थल मात्र नभई समाजलाई नैतिकता, सद्भाव र आध्यात्मिक मार्गतर्फ प्रेरित गर्ने केन्द्रका रूपमा विकास हुनुपर्ने धारणा व्यक्त गरे ।

मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष पुष्पा शर्माले स्थानीयवासी, दाता तथा भक्तजनहरूको सहयोगका कारण मन्दिर स्थापना सम्भव भएको बताउँदै आगामी दिनमा मन्दिरलाई धार्मिक तथा सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा सञ्चालन गरिने जानकारी दिइन् ।

कार्यक्रम संयोजक समितिका वरिष्ठ उपाध्यक्ष कमल नेपालले मन्दिर निर्माणले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उपाध्यक्ष हरिप्रसाद उपाध्यायले कार्यक्रममा भक्तजनलाई सहज रूपमा दर्शन गर्न सकिने गरी व्यवस्थापन मिलाइएको जानकारी दिए ।

कार्यक्रम व्यवस्थापनमा कोषाध्यक्ष बद्रीप्रसाद लम्साल, सचिव रनमाया चापागाईं तथा सहसचिव जीवलाल बस्यालले भजन-कीर्तन, पूजा-आराधना र प्रसाद वितरणको व्यवस्था मिलाएका थिए ।

मन्दिरका पुजारी कुश्माखर न्यौपाने र बाल व्यास इन्द्रप्रसाद शास्त्रीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ६ : १६ बजे

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम