३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई



बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा दुई विधाको उपाधि आयोजक बुटवल ब्याडमिन्टन क्लबले जितेको छ । एक विधाको उपाधि भने लाफा समूहले हात पारेको छ ।

प्रतियोगिताको मेन्स डबलतर्फ बुटवल ब्याडमिन्टन क्लबका विवेक न्यौपाने र डेभिड थापा विजेता बने । ५५ वर्षमाथिको भेट्रान्स डबलतर्फ पनि बुटवल क्लबकै गोपाल टण्डन र नवराज श्रेष्ठले उपाधि जिते । यस्तै मास्टर भेट्रान्स डबलतर्फ लाफा समूहका प्रसाद गुरुङ र पुरन गाहा विजयी भए ।

मेन्स डबलतर्फ बुटवल क्लबका विश्वास नेपाल र गणेश रायमाझी उपविजेता बने भने लाफा समूहका विनोद पौडेल र अरबिन्द्र श्रीपाली तथा लाफाकै हिमान्सु कवर र सुविन श्रेष्ठ तेस्रो स्थानमा रहे ।

त्यस्तै ५५ वर्षमाथिको भेट्रान्स डबलतर्फ लाफा समूहका राजु गुरुङ र दिलिप श्रेष्ठ दोस्रो भए भने गुल्मीका निरबहादुर राना र खगेन्द्र रेग्मी तथा नेपालगञ्जका गणेश क्षेत्री र जगत श्रेष्ठ तेस्रो स्थानमा रहे ।

मास्टर भेट्रान्स डबलतर्फ बुटवल ब्याडमिन्टन क्लबका महेश्वर नेपाल र अशोक क्षेत्री दोस्रो भए भने तिलोत्तमा ब्याडमिन्टन क्लबका थमन सारु र सुरज गुरुङ तथा बुटवल क्लबकै नारायण तिवारी र बालदर गोदार तेस्रो स्थानमा रहेका अम्पायर अर्जुन कार्कीले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी बुटवल ब्याडमिन्टन क्लबका विवेक न्यौपाने घोषित भए । विजेता तथा उपविजेता खेलाडीलाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले नगद पुरस्कार, मेडल र ट्रफी प्रदान गरेका थिए ।

मेन्स डबलतर्फ प्रथम हुने टोलीले ५१ हजार रुपैयाँ, दोस्रो हुने टोलीले ४१ हजार रुपैयाँ र तेस्रो हुने टोलीले ३१ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी ५५ वर्षमाथिको भेट्रान्स डबलतर्फ प्रथम हुने टोलीले २० हजार रुपैयाँ, दोस्रो हुने टोलीले १५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँसहित कप, मेडल र ट्रफी प्राप्त गरेका छन् ।

त्यस्तै मास्टर भेट्रान्स डबलतर्फ प्रथम हुने टोलीले ३० हजार रुपैयाँ, दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

बुटवल ब्याडमिन्टन क्लबका अध्यक्ष नलराज नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष शम्भु भट्टराई कार्यक्रम संयोजक तथा तृतीय उपाध्यक्ष भानु केसी, सचिव राजु खरेललगायतले प्रतियोगिताबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ६ : ३३ बजे

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम