काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने ९ सांसदको नाम टुंगो लगाएको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले उक्त नामावली तय गरेका हुन्। ५ पुरुष र ४ महिलाको नाम निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।
जसअनुसार खसआर्य समूहबाट प्रमेश हमाल, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमार बुढा, अपांगता समूहबाट प्रेम बयक तथा मधेसी समूहबाट जोगकुमार बर्बरिया यादवलाई सिफारिस गरेको छ।
यस्तै दलित समूहबाट पार्वती विक र गणेश विश्वकर्मा तथा थारू समूहबाट निराशा चौधरी डगौराको नाम पनि समानुपातिकतर्फ सांसदका लागि प्रस्ताव गरिएको छ।
आयोगले विवरण रुजु गरेपछि अन्तिम सूची सार्वजनिक गर्नेछ।


















प्रतिक्रिया