१० भदौ २०८३, बुधबार | August 27, 2026

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

आज नेकपाका नेताहरुलाई बालुवाटारमा बोलाएर दिइन् धन्यवाद्



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर धन्यवाद दिने क्रमलाई आजपनि निरन्तरता दिएकी छन् । प्रधानमन्त्री कार्कीले आज नेपाली कम्युनिस्ट पार्टीका नेताहरुलाई बोलाएर निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् ।

नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरुलाई आज बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री कार्कीले धन्यवाद दिएकी हुन् ।

उनीहरुबीच हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।

त्यस अवसरमा प्रधानमन्त्री कार्की भनिन्, ‘तपाईँहरुले निर्वाचनमा भाग लिइदिनुभयो । यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो । यसका निम्ति धेरै धन्यवाद छ ।’

उनले निर्वाचनमा विजय नेताहरुलाई बधाई दिँदै अन्य नेताहरुलाई अर्कोपटकका लागि शुभकामना समेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले पनि प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै प्रधानमन्त्रीलाई बधाई दिएका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार संयोजक प्रचण्डले भनेका थिए, ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो । यसमा जुन साहस र मेहनतका साथ तपाईँले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ ।’

यसअघि प्रधानमन्त्रीले कांग्रेस र एमालेका नेताहरुलाई बोलाएर धन्यवाद ज्ञापन गरिसकेकी छन् ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १२ : ३८ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट