१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

नौ महिनामा १२ खर्ब ६७ अर्ब व्यापार घाटा



काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ११ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो।

सोमबार ९वैशाख ७० भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, चालु आवको चैत मसान्तसम्म आइपुग्दा व्यापार घाटा १३.०४ प्रतिशतले बढेको छ। आयातको तुलनामा निर्यात अझै कमजोर रहेकाले घाटा उच्च रहँदै गएको हो।

यस अवधिमा निर्यात व्यापार भने केही सकारात्मक देखिएको छ। गत वर्षको तुलनामा निर्यात १८.४६ प्रतिशतले बढेर दुई खर्ब २२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा निर्यात एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँ थियो।

त्यस्तै, आयात पनि १३.८२ प्रतिशतले वृद्धि भई १४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख रुपैयाँ पुगेको छ। गत वर्षको नौ महिनामा १३ खर्ब ९ अर्ब ५३ करोड २८ लाख रुपैयाँबराबरको वस्तु आयात भएको थियो।

निर्यातको वृद्धिदर आयातभन्दा केही उच्च रहेकाले आयात–निर्यात अनुपातमा सामान्य सुधार देखिएको छ। अघिल्लो वर्ष ६.९६ रुपैयाँ बराबरको आयात हुँदा एक रुपैयाँको निर्यात हुने गरेकोमा यसपालि यो अनुपात घटेर ६.६९ मा झरेको छ।

समग्रमा, नेपालको कुल वैदेशिक व्यापार १४.४० प्रतिशतले वृद्धि भई १७ खर्ब १३ अर्ब ४३ करोड ५० लाख रुपैयाँ पुगेको छ। कुल व्यापारमा निर्यातको हिस्सा बढेर १३.०१ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८६.९९ प्रतिशतमा झरेको छ।

भन्सार विभागको तथ्यांकले वैदेशिक व्यापारको आकार विस्तार हुँदै गएको र निर्यातमा क्रमिक सुधार देखिए पनि ठूलो व्यापार घाटा अझै अर्थतन्त्रको मुख्य चुनौतीका रूपमा कायम रहेको संकेत गरेको छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ५ : २० बजे

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको

नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम