६ श्रावण २०८३, बुधबार | July 22, 2026

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने



बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका अवसरमा मिडिया कप र कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । महासंघ रुपन्देहीले यही चैत १६ र १७ गते दोश्रो मिडिया कप फुटसल प्रतियोगिता र दोश्रो कर्पोरेट कप फुटसल प्रतियोगिताको आयोजना गरेको कार्यक्रम संयोजक सुमनरश्मी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बुटवल ८ सुख्खानगर नमूनापथ स्थित एडरिक फुटसल कोर्टमा आयोजना हुने फुटसल प्रतियोगिताअन्तरगत मिडिया कप फुटसल प्रतियोगिताको पुरस्कार राशी प्रथम हुनेलाई रु. २० हजार र दोश्रो हुनेलाई १५ हजार, मेडल, कप र प्रमाणपत्र प्रदान गरिनेछ ।

यस्तै, कर्पोरेट कप फुटसल प्रतियोगिताको बिजेताले रु. ३० हजार र दोश्रो हुनेले २० हजार तथा मेडल, कप र प्रमाण पत्र प्राप्त गर्ने उनले बताए । विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र कर्पोरेट कपमा अनुशासित टीमलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

फुटसल प्रतियोगिता आयोजना गर्नका लागि महासंघले सहसचिव सुमनरश्मी श्रेष्ठको संयोजकत्वमा सदस्य दिनेश कुमार श्रेष्ठ र सदस्य अनिता चौधरी सदस्य रहेको समिति बनाएको छ ।

यस्तै, खेलमा निर्णायक तथा सहजीकरणका लागि खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, यमलाल भुसाल र स्वस्तिक श्रेष्ठ रहेको कार्यदल निर्माण गरिएको सचिव सीपी खनालले जानकारी दिए ।

गत वर्ष आयोजना गरिएको फुटसल प्रतियोगिताबाट बचत भएको रकमबाट उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार स्थापना गरिएको र पहिलो पुरस्कार फुटसल प्रतियोगिताको समापनको अवसरमा प्रदान गरिने सचिव खनालले बताए ।

यस्तै, सुत्केरी पोषण तथा बालबचत खाताका लागि कोष स्थापना गरी हालसम्म ५ जनालाई सुत्केरी भत्ताबापत् जनही रु. ५ हजार तथा बालबचतवापत् जनही रु. ५ हजार प्रदान गरिसकिएको महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बताए । उनले यसपटक पनि फुटसल आयोजनाबाट बचत भएको रकम खेलकुद पत्रकारिता पुरस्कार कोष र सुत्केरी कोषमा जम्मा गरिने बताए ।

यसअघि गतवर्ष भएको पहिलो संस्करणमा कर्पोरेट कपको उपाधि इन्जिनियर्स एशोशिएशन लुम्बिनीले जितेको थियो भने मिडिया कपको उपाधि ग्लोबल आवाजले जितेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ७ : १९ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको