११ चैत्र २०८२, बुधबार | March 25, 2026

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा अयोजित विशेष कार्यक्रममा राष्ट्रपतिसमक्ष केसीले शपथ लिएका हुन् । शपथ समारोहमा राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसाहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललसँगै संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख र उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन् ।

ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई यही चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  १२ : ०० बजे

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी

सुन तोलामा चौध हजार छ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।