११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चैत १३ गते मध्याह्नका लागि प्रधानमन्त्रीको शपथ लिने साइत जुराइएको छ ।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा शपथ लिने समय तय भएको जानकारी दिए। बर्लाकोटीका अनुसार जुरेको साइतको समयमा शपथको तयारीका लागि राष्ट्रपतिको कार्यालयलाई आग्रह गरिएको छ।

शपथ ग्रहण समारोहमा १०८ वटा बटुकबाट स्वस्ति शान्ति वाचनसहित ७ वटा शंखबाट शंकनाद गरिने भएको बुर्लाकोटीले जानकारी दिए।

यससँगै शपथ ग्रहण समारोहमा बौद्ध भिक्षुहरुले अष्ठमंगल पाठ गर्ने पनि तय भएको छ । समारोहमा १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने तय गरिएको उनले बताए।

प्रधानमन्त्रीको शपथ लिएपछि दिउँसो पद बहालीको पनि साइत जुराइएको छ । शुक्रबार दिउँसो २ बजेर १५ मिनेटको समयमा पद बहालीको साइत जुरेको बताइएको छ । जुरेको शुभ साइतमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बालेन्द्रले पद बहाली गर्ने बुर्लाकोटीले बताए।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले १८२ सिट जितेको छ। झण्डै दुई तिहाई बहुमत प्राप्त गरेको रास्वपाले एकल सरकार बनाउँदै छ। बिहीबार संसद् भवन सिंहदरबारमा नवनिर्वाचित सांसदहरूले शपथग्रहण कार्यक्रम राखिएको छ ।

बिहिबार नै रास्वपाको केन्द्रीय समितिको बैठक बस्ने र बिधानमा रहेको बाधा अड्काउ फुकाएर संसदीयदलको बैठक बोलाइने पनि तय भएको छ । संसदीयदलको बैठकले शाहलाई नेता चयन गर्ने छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ३ : ५० बजे

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र