काठमाडौं । रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शीतलनिवासमा आयोजित समारोहमा मन्त्रीहरूले शपथ लिएका हुन् ।
यसअघि आजै बालेन्द्र शाहले प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका थिए । शपथ कार्यक्रममा वैदिक परम्पराअनुसार बटुकद्वारा स्वस्तिवाचन र लामाद्वारा मंगलवाचन गरिएको थियो ।
प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालयसमेत आफैंसँग राखेका छन् । मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्ले अर्थमन्त्री नियुक्त भएका छन् भने तेस्रो वरीयताका सुधन गुरुङ गृहमन्त्री बनेका छन् ।
त्यस्तै, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री तथा विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका छन् ।
पर्यटनमन्त्रीमा खड्कराज पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्रीमा सस्मित पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा निशा मेहता नियुक्त भएका छन् ।
यसैगरी, सञ्चारमन्त्रीमा विक्रम तिमिल्सिना, सामान्य प्रशासनमन्त्रीमा प्रतिभा रावल, श्रममन्त्रीमा दीपक साह, कानुनमन्त्रीमा सोविता गौतम तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा सीता वादी नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्रीहरूको शपथसँगै बालेन नेतृत्वको मन्त्रिपरिषद् औपचारिक रूपमा गठन भएको छ ।


















प्रतिक्रिया