काठमाडौं । जरुरी पक्राउ पूर्जी थमाएर पक्राउ गरिएका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले स्वास्थ्य उपचारका लागि टिचिङ अस्पताल महाराजगञ्ज लगेको छ।
ओलीलार्य आकस्मिक कक्षको रेड जोनस्थित २७ नम्बर बेडमा निगरानीसहित राखिएको छ ।
शनिबार बिहानै घरबाट पक्राउ परेका ओलीलाई यसअघि भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो । प्रहरी स्रोतका अनुसार ओली दीर्घरोगी भएकाले उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अस्पतालमै राख्ने तयारी गरिएको छ।
ओलीले नियमित रूपमा धेरै औषधि सेवन गर्नुपर्ने भएकाले उनका सहयोगी राजेश शाक्यलाई पनि सँगै राखिएको जनाइएको छ।


















प्रतिक्रिया