१४ चैत्र २०८२, शनिबार | March 28, 2026

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय



काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारी विरुद्ध कानूनी र राजनीतिक लडाईं लड्ने निर्णय गरेको छ । एमालेले अध्यक्ष ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ ।

शनिबार बिहान ९ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ओलीको रिहाइका लागि कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी सचिव महेश बस्नेतले आम जनसमुदाय र नागरिक समाजको साथमा कानुनी तथा राजनीतिक संघर्ष अघि बढाउने निर्णय गरिएको जानकारी दिए।

निर्णयअनुसार आज अपराह्न ३ बजे देशभरका जिल्ला सदरमुकाममा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन हुनेछ।

त्यस्तै, भोलि चैत्र १५ गते दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीहरूको आयोजनामा प्रत्येक जिल्लामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

एमालेले लोकतन्त्र र कानुनी शासनका पक्षधर सबै राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्ने पनि निर्णय गरेको छ । यसैगरी नागरिक समाज र आम जनसमुदायसँग पनि सहकार्य गरेर आन्दोलनलाई अघि बढाउने निर्णय गरेको जनाएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ११ : ३४ बजे

जुम्लाको तिला गाउँपालिका कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु

जुम्ला । जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा

परराष्ट्रमन्त्री खनाललाई चिनियाँ समकक्षीले दिए बधाई

काठमाडौं । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर

ओली र लेखकको गिरफ्तारी गैरकानुनी रहेको एमालेको ठहर

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नेकपा एमालेले अध्यक्ष केपी

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी