२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

चिनियाँ राष्ट्रपति सीले नेपाली समकक्षी पौडेललाई पठाए समवेदना सन्देश

"कठिन घडीमा उद्धार प्रयासमा सक्रिय सहयोग गर्न चीन तयार"



काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन सीमा क्षेत्रको ग्यिरोङ–रसुवा नाकामा हालै आएको विनाशकारी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन्।

शुक्रबार पठाइएको सन्देशमा राष्ट्रपति सीले ग्यिरोङ–रसुवा सीमा क्षेत्रमा आएको भीषण पहिरोका कारण ठूलो मानवीय क्षति हुनुका साथै केही मानिस बेपत्ता भएको र सम्पत्तिमा समेत क्षति पुगेको उल्लेख गरेका छन्।

उनले विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति चिनियाँ सरकार र जनताका तर्फबाट गहिरो समवेदना तथा शोकसन्तप्त परिवार, घाइते र विपत्तिप्रभावित क्षेत्रका नागरिकप्रति हार्दिक सहानुभूति व्यक्त गरेका छन्।

राष्ट्रपति सीले चीनले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार, प्रभावित नागरिकको स्थानान्तरण तथा पुनःस्थापना, घाइतेको तत्काल उपचार र मानवीय क्षति न्यूनीकरणका लागि हरसम्भव प्रयास गरिरहेको बताएका छन्। साथै, थप विपत्ति हुन नदिन आवश्यक सावधानी अपनाइरहेको पनि उनले उल्लेख गरेका छन्।

नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

राष्ट्रपति सीले नेपाल र चीन हिमाल र नदीले जोडिएका तथा साझा भविष्य भएका छिमेकी मुलुक भएको उल्लेख गर्दै विपत्तिको यस कठिन घडीमा नेपालका उद्धार प्रयासमा सक्रिय सहयोग गर्न चीन तयार रहेको बताएका छन्।

चीनले आफ्नो क्षमताले भ्याएसम्म नेपाललाई आवश्यक सहयोग र समर्थन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रपति सीले दुवै देशका जनताले मिलेर विपत्तिलाई पार गर्दै सकेसम्म छिटो आफ्नो घर तथा समुदायको पुनर्निर्माण गर्न सफल हुने विश्वाससमेत व्यक्त गरेका छन्।

यसै दिन चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई छुट्टै समवेदना सन्देश पठाएका छन्।

ग्यिरोङ क्षेत्रमा आएको पहिरोपछि नेपालतर्फ रसुवा र आसपासका क्षेत्रमा समेत ठूलो बाढी तथा पहिरोको प्रभाव परेको छ। विपत्तिपछि नेपालमा उद्धार, राहत तथा बेपत्ता व्यक्तिको खोजी कार्य जारी छ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ४ : ४४ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य