१४ चैत्र २०८२, शनिबार | March 28, 2026

परराष्ट्रमन्त्री खनाललाई चिनियाँ समकक्षीले दिए बधाई



काठमाडौं । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार सम्हालेकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

मन्त्री खनाललाई शुक्रबार बधाई सन्देश पठाउँदै चिनियाँ परराष्ट्रमन्त्रीले नेपाल र चीन परम्परागत मैत्रीपूर्ण छिमेकी राष्ट्र भएको उल्लेख गर्दै सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देश सुख–दुःखमा सँगसँगै उभिँदै आएको बताएका छन् । ।

परराष्ट्रमन्त्री वाङले द्विपक्षीय सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा निरन्तर विकास हुँदै आएको पनि उल्लेख गरेका छन् ।

चिनियाँ परराष्ट्रमन्त्रीले दुवै पक्षबीच भएका महत्वपूर्ण सहमतिहरू कार्यान्वयन गर्न तथा विकास र समृद्धिका लागि दीर्घकालीन मैत्रीमा आधारित चीन–नेपाल रणनीतिक सहकार्य साझेदारीलाई थप उचाइमा पु¥याउन मन्त्री खनालसँग सहकार्य गर्न चीन तयार रहेको सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १२ : ४८ बजे

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल

जुम्लाको तिला गाउँपालिका कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु

जुम्ला । जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा

परराष्ट्रमन्त्री खनाललाई चिनियाँ समकक्षीले दिए बधाई

काठमाडौं । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर

ओली र लेखकको गिरफ्तारी गैरकानुनी रहेको एमालेको ठहर

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नेकपा एमालेले अध्यक्ष केपी

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह