११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय



काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई म्याद थपको अनुमति लिएर हिरासतमा राखेपनि आज बिहान मात्रै पक्राउ परेका काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई भने प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ ।

रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक सरह फौजदारी अभियोगमा अनुसन्धान गरि कारबाही सिफारिस गरेको थियो ।

अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई सुविधानगरबाट पक्राउ गरेको थियो । उनी जेनजी आन्दोलनको बेला काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए ।

उनलाई हाजिरी जमानीमा छाड्ने निर्णय भएको प्रहरीका एक अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ९ : ३८ बजे

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

विचार- बौद्ध सजगता : तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र