१८ चैत्र २०८२, बुधबार | April 1, 2026

देशकै ठूलो यातायात संस्था : पश्चिम नेपाल बसको छैठौं साधारणसभा फरक शैलीमा



बुटवल । नेपालकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. ले आफ्नो छैठौं वार्षिक साधारण सभा यसपटक नयाँ अभ्यासका साथ सञ्चालन गरिरहेको छ । परम्परागत एकदिने औपचारिक कार्यक्रमभन्दा फरक, ५ दिनसम्म चल्ने गरी विभिन्न रुटअनुसार व्यवसायीहरुलाई छुट्टाछुट्टै रुपमा समावेश गरेर सभा आयोजना गरिएको हो । चैत्र १४ गतेबाट सुरु भएको यो साधारण सभा १८ गतेसम्म सञ्चालन हुने छ ।

संस्थाका अध्यक्ष दधिराम खरेलका अनुसार, विगतमा व्यवसायीका गुनासा, जिज्ञासा र समस्याहरू प्रभावकारी रूपमा सुनुवाइ हुन नसकेको गुनासो आउने गरेकाले यसपटक सहभागीमैत्री र संवादमुखी ढंग अपनाइएको हो । “सबैको आवाज सुन्ने र समाधान खोज्ने उद्देश्यले फरक मोडलमा साधारण सभा गरिरहेका छौं,” उनले बताए ।

हाल संस्थामा २२ सय २ सवारी साधन सञ्चालनमा छन्, जुन नेपालकै ठूलो यातायात सस्था मध्ये एक हो । पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म, दक्षिणको बेलहियादेखि उत्तरको मनाङ-मुस्ताङसम्म संस्थाले सेवा विस्तार गरेको छ । पहाडी, तराईदेखि उच्च हिमाली भूभागसम्म निरन्तर यातायात सेवा प्रदान गर्दै आएको छ ।

दुइहजार ५ सय बढी सवारी सञ्चालन गरेको संस्थाले पछिल्लो समय पुराना ६ मोडलसम्मका बसहरू विस्थापित गरी व्यवसायीलाई मुआब्जा प्रदान गर्ने नीति समेत अपनाएको छ । यसले सेवा गुणस्तर सुधारमा सहयोग पुगेको देखिन्छ ।

प्रवन्ध सञ्चालक रामचन्द्र भुसालका अनुसार, पछिल्लो समय यातायात क्षेत्र सहज छैन । नीति-नियमका जटिलता, प्रशासनिक अवरोध, इन्धन मूल्यवृद्धि र बजार प्रतिस्पर्धाले व्यवसायलाई चुनौती थपेका छन् । तर पनि संस्था यात्रु सुरक्षालाई केन्द्रमा राख्दै सेवा निरन्तरता दिन प्रतिबद्ध रहेको उनले बताए ।

सवारी दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएको अभियानले पछिल्लो समय दुर्घटनामा कमी ल्याएको छ । यद्यपि, बेलाबेलामा हुने दुर्घटनाले संस्थालाई अझ जिम्मेवार र संवेदनशील बन्न प्रेरित गरेको छ ।

लेखा सञ्चालक मोहन पिइसका अनुसार, संस्थाले अब सेवा प्रणालीलाई डिजिटल बनाउने अभियान सुरु गरेको छ । प्रशासनिक कामलाई व्यवस्थित गर्ने, पारदर्शिता बढाउने, कर्मचारी व्यवस्थापन सुधार गर्ने तथा सेवा गुणस्तर उकास्ने काम भइरहेको छ ।

यातायात क्षेत्रमा अझै पनि अव्यवस्थित प्रतिस्पर्धा, नीतिगत अस्पष्टता, अनाधिकृत सवारी सञ्चालन तथा सडक सुरक्षाका चुनौतीहरू कायम रहेको उनले बताए । तर, स्पष्ट नीति, प्रविधिको प्रयोग र व्यवस्थित प्रतिस्पर्धासँगै संस्था अझ सशक्त बन्ने विश्वास व्यक्त गरिएको छ ।

यसपटकको साधारण सभा चरणबद्ध रूपमा सञ्चालन गरिएको छ, जसमा विभिन्न रुटअनुसार व्यवसायीहरूको उल्लेखनीय सहभागिता देखिएको छ । चैत्र १४ गतेदेखि शुरु भएको साधारणसभामा पहिलो दिन रुटमा भैरहवा-काठमाडौं (दिवा/रात्री), स्कूल/कलेज (मासिक) तथा अन्य गरि ५ सय ३७ जनाको उपस्थिति रहेको थियो । त्यस्तै १५ गते स्याङ्गजा-पोखरा, बाग्लुङ्ग, बेनी, नारायणगढ-पोखरा, बाग्लुङ्ग बेनी दिवा/रात्री प्रखण्ड र बुटवल-नारायणगढ-दुम्किबास सर्दी-पूर्व प्रखण्ड जस्मा ३ सय ३९ जनाको उपस्थित रहेका थिए । त्यस्तै १६ गते पाल्पा, रामपुर काठमाण्डौ, खहरे, गुल्मी तल्लो/उपल्लो बाटो र अर्घाखाँची, गुल्मी-काठमाडौं, अर्घाखाँची-काठमाडौंका ४ सय ५ जना सहभागिता रहेको कर्मचारी राजन शर्माले बताए ।

मंगलबार १७ गते हुने पश्चिम प्रखण्ड, बुटवल-कृष्णनगर, ४ नम्बर-तौलिहवा, हरैया-बुटवल, मिर्नी-भैरहवा-लुम्बिनी, तौलिहवा,झारवैरा,मर्चवार, ककरहवा, परासी, बुढ्डी, तौलिहवा रुटका ४ सय २७ जना सहभागि रहने छन् । १८ गते सम्पन्न हुने बुटवल-सालझण्डी, बनगाई, विंगर, हरैया माइक्रो बुटवल-बर्दघाट, त्रिवेणी र बुटवल-भैरहवा-नगर गरि जम्मा ४ सय ७८ जना सहभागी रहने छन् ।

साथै वृहत रक्तदान कार्यक्रम समेत आयोजना गरिएको जनाइएको छ । साथै लामो समय सवारी संचालन गरेर कुनै पनि दुर्घटना नगराएका उत्कृष्ट चालकहरुलाई सो अवशरमा सम्मानगरिदै आएको छ ।

यातायात क्षेत्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बेला पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. ले अपनाएको यो नयाँ अभ्यास केवल साधारण सभा मात्र होइन, व्यवस्थापन सुधार, संवाद विस्तार र भविष्यतर्फको स्पष्ट संकेत पनि हो । यदि यही गतिमा प्रविधि, पारदर्शिता र यात्रु सुरक्षालाई प्राथमिकता दिइयो भने, यो संस्था नेपालकै यातायात क्षेत्रको उदाहरणीय मोडेल बन्न सक्ने देखिन्छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ९ : ४४ बजे

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ

खड्का-कोइराला पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा

देशकै ठूलो यातायात संस्था : पश्चिम नेपाल बसको छैठौं साधारणसभा फरक शैलीमा

बुटवल । नेपालकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बस

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज