१८ चैत्र २०८२, बुधबार | April 1, 2026

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

बाँकेमा ३६ वटा परीक्षा केन्द्रबाट ९६१५ परीक्षार्थीले परीक्षा दिँदै



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ । बिहीबार (भोलि) देखि सुरु हुने परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

शैक्षिक क्यालेन्डरअनुसार चैत पहिलो साता परीक्षा हुनुपर्ने उल्लेख भएपनि यसवर्ष भने २१ फागुनको प्रतिनिधिसभा चुनावका कारण १९ चैतमा परीक्षा धकेलिएको हो ।

७७ वटै जिल्लाबाट परीक्षाका सम्पूर्ण तयारी पूरा भएको जानकारी प्राप्त भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए । प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको जनाउँदै उनले केन्द्राध्यक्षहरू पनि नियुक्त भएर सम्बन्धित केन्द्रमा पुगिसकेको बताए । उनका अनुसार परीक्षा सञ्चालनका लागि कर्मचारी र सुरक्षाकर्मीको टोली पनि खटिएको छ । यस वर्षको एसईई परीक्षा सञ्चालन गर्न १ हजार ९६६ केन्द्र कायम गरिएको छ । एउटा केन्द्र जापानमा छ ।

बोर्डका अनुसार ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । जसमा २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य छन् । जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले एसईई परीक्षा दिँदैछन् । पहिलो दिन भोलि अंग्रेजीको परीक्षा हुनेछ ।

सरकारको पछिल्लो निर्णय अनुसार १ महिनाभित्र नतिजा सार्वजनिक गर्ने गरि तयारी भईरहेको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले जानकारी दिए । उनले परीक्षा केन्द्रमा नै केन्द्राध्यक्षको निगरानीमा उत्तरपुस्तिका परीक्षण गर्ने गरि व्यवस्था मिलाईएको पनि बताए ।

बाँकेमा ३६ वटा परीक्षा केन्द्रबाट ९६१५ परीक्षार्थीले परीक्षा दिँदै

बाँके जिल्लामा यस वर्ष एसईईमा सहभागी हुने विद्यार्थी संख्या ९ हजार ६ सय १५ रहेको छ । जिल्लाभरका दुई मदरसासहित १०५ सामुदायिक तथा १०६ संस्थागत विद्यालय गरी कुल २११ विद्यालयका विद्यार्थीले एसईई परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई बाँकेले जनाएको छ ।

समन्वय इकाईका अनुसार जिल्लाका आठ स्थानीय तहमा २७ सामुदायिक र ९ संस्थागत गरी कुल ३६ वटा परीक्षा केन्द्र तोकिएका छन् । परीक्षा व्यवस्थापनलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक तयारी गरिएको जनाइएको छ । परीक्षार्थीमध्ये ७ हजार ९ सय १३ जना नियमिततर्फका विद्यार्थी रहेका छन् भने १ हजार ७ सय २ जना ग्रेडवृद्धि (पूरक) परीक्षामा सहभागी हुनेछन् ।

परीक्षा केन्द्र अनुसार हेर्दा नेपालगन्ज उपमहानगरपालिका–स्थित महेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सबैभन्दा बढी ३७५ जना विद्यार्थी सहभागी हुनेछन् भने राप्तीसोनारी गाउँपालिका, शमसेरगञ्जस्थित शिवशक्ति माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सबैभन्दा कम १६२ जना विद्यार्थी रहेका छन् ।

यसैबीच, जिल्लामा रहेका दुई वटा बालसुधार गृहका ३३ जना बालबिज्याइँकर्ता तथा दुई वटा कारागारमा रहेका ८ जना कैदीबन्दीले समेत यस वर्ष एसईई परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ९ : २७ बजे

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”

लायन्स क्लब अफ बुटवल तिलोत्तमा र तिलोत्तमा मायादेवीमा नयाँ नेतृत्व चयन

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब