७ कार्तिक २०८३, शनिबार | October 24, 2026

सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराइएको छ ।

बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधिसभा सदस्य वालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त यही चैत १३ गते नियुक्त गर्नुभएको व्यहोरा जानकारी गराए ।

उनले प्रधानमन्त्री शाहको नेतृत्वमा गठित १५ सदस्यीय मन्त्रिपरिषद् र कार्यविभाजनसम्बन्धी व्यहोरासमेत सदनलाई जानकारी गराए। यसअघि ज्येष्ठ सदस्य केसीले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा सदनलाई जानकारी दिए।

बैठकले नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधिसभाबाट सभाले आफ्नो नियमावली नबनाएसम्मको लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कामकारबाही गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा ज्येष्ठ सदस्य केसीले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरु आरेन राई, गङ्गा छन्त्याल, तारिह अलि भाट, वासना थापा, विश्वराज पोखरेल, यज्ञबहादुर बोगटी र बलावती शर्मालाई मनोनयन गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ३ : २० बजे

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र

सरकारका गलत काम टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले दुई

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको

भोजपुरका किसानलाई धान थन्काउन चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले