२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

पश्चिम एशिया तनाब : १ नेपालीको मृत्यु, २१ घाइते; ११ नेपाली पक्राउ

८६ हजारभन्दा बढी नेपालीद्वारा उद्धारका लागि नाम दर्ता



काठमाडौं । पश्चिम एसियामा जारी युद्धका कारण त्यहाँ रहेका नेपालीहरूमा त्रास बढिरहेका बेला करिब ८६ हजारभन्दा बढी नेपालीले सम्भावित उद्धारका लागि आफ्नो नाम दर्ता गराएका छन्।

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर थापा क्षेत्रीले कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको वेब पोर्टलमार्फत हालसम्म ८६ हजार ४२० जना नेपालीले आफ्नो विवरण दर्ता गराएको जानकारी दिए।

पश्चिम एसियामा रहेका नेपालीलाई सहायता प्रदान गर्न तथा आवश्यक परे उद्धार व्यवस्थापन गर्न उक्त पोर्टल सञ्चालनमा ल्याइएको हो। प्रवक्ता क्षेत्रीका अनुसार सुरुवाती दिनहरूमा फोन गरेर आफू असुरक्षित रहेको जानकारी दिने क्रम बढेको भए पनि अहिले भने त्यस्तो गुनासो क्रमशः घट्दै गएको छ।

सरकारी तथ्यांकअनुसार पश्चिम एसियाका विभिन्न देशमा १७ लाख २९ हजारभन्दा बढी नेपाली कार्यरत छन्। मन्त्रालयले तत्काल ठूलो संख्यामा नेपालीले रोजगारी गुमाउने जोखिम नदेखिएको जनाएको छ।

“हस्पिटालिटी, निर्माणलगायत केही क्षेत्रमा भने प्रभाव पर्न सक्ने सम्भावना रहेको छ,” प्रवक्ता क्षेत्रीले बताए।

इरान विरद्ध अमेरिका र इजरायलले युद्ध सुरु गरेपछि पश्चिम एसियामा रहेका नेपालीहरू असुरक्षित र त्रसित बनेका छन्। उक्त द्वन्द्व अहिले दोस्रो महिनामा प्रवेश गरेको मन्त्रालयले जनाएको छ भने क्षेत्रीय तनाव कम गर्न विभिन्न पक्षबाट प्रयास भइरहेको पनि उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार हालसम्म युद्धका कारण एक नेपालीको मृत्यु भएको छ भने २१ जना नेपाली घाइते भएका थिए। घाइतेहरू उपचारपछि सामान्य अवस्थामा फर्किसकेका छन्। अन्य नेपालीहरू भने सुरक्षित रहेको मन्त्रालयले जनाएको छ।

यसैबीच सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा पश्चिम एसियाका विभिन्न देशमा ११ जना नेपाली पक्राउ परेको जानकारी पनि मन्त्रालयले दिएको छ। पक्राउ पर्नेमा यूएईमा ३ जना, साउदी अरबमा ४ जना, कतारमा ३ जना र ओमानमा १ जना रहेका छन्।

पक्राउ परेकाहरूको अवस्थाबारे सम्बन्धित देशमा रहेका नेपाली दूतावास तथा नियोगहरूले आवश्यक समन्वय र पहल गरिरहेको प्रवक्ता क्षेत्रीले बताए।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ४ : ०७ बजे

सभामुख अर्यालको शपथ आइतबार

काठमाडौं। नवनियुक्त सभामुख डोलप्रसाद अर्यालको पद तथा गोपनीयताको शपथग्रहण आइतबार

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री वाग्ले

वीरगञ्ज । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम

औषधि पसल र थोक बिक्रेतालाई ‘कुशल फार्मेसी अभ्यास’ मापदण्ड पालना गर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले औषधि बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित,

भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तयारी

भक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म

बुटवलमा ‘बुटवल नियो क्लिनिक’ सञ्चालन, बालबालिकाका न्यूरो-विकास समस्याको एकै स्थानमा उपचार

बुटवल । बुटवल उपमहानगरपालिका-८ सुख्खानगरस्थित धर्मपथमा ‘बुटवल नियो क्लिनिक’ सञ्चालनमा