२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

महासंघको निर्वाचनका लागि बुटवल उवासंघबाट अध्यक्ष अर्याल मुख्य प्रतिनिधि चयन



बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचनका लागि संघका अध्यक्ष हरिप्रसाद अर्याललाई मुख्य प्रतिनीधिमा चयन गरेको छ । संघको शुक्रबार बसेको कार्यसमिति बैठकले महासंघको ६०औं साधारण सभा तथा निर्वाचनका लागि कार्यकारिणी सदस्यका उम्मेद्वार समेत रहेका अध्यक्ष अर्याललाई मुख्य प्रतिनिधीमा चयन गरेको हो ।

बैठकले निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजू र वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेलाई अतिरिक्त प्रतिनीधि चयन गरेको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

संघका अध्यक्ष अर्यालको अध्यक्षतामा बसेको बैठकले विगतका प्रावधानहरुलाई समेत आधार बनाएर मुख्य प्रतिनीधि र अतिरिक्त प्रतिनिधी चयन गरिएको महासचिव अधिकारीले बताए । बुटवल उद्योग वाणिज्य संघले अध्यक्ष अर्याललाई महासंघको निर्वाचनमा खुल्ला तर्फबाट कार्यकारिणी सदस्यको रुपमा अगाडि सारेको छ । अध्यक्ष अर्यालले महासंघको निर्वाचनका सन्दर्भमा अहिलेसम्म भएका गतिविधि र चुनावी रणनीति सहित सम्भावित परिदृश्यका बारेमा बैठकमा जानकारी गराएका थिए ।

बैठकले संघमा ‘व्यवसाय सम्वद्र्धन कार्यक्रम’ सञ्चालन गर्ने निर्णय गरेको छ । विगतमा विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गर्दै आएको संघले सोही मोडलमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै रुपन्देहीका देवदह नगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा बन उद्यम कार्यक्रम सञ्चालनका लागि प्रकृया अगाडि बढाउने निर्णय गरिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ४ : १७ बजे

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको

सभामुख अर्यालको शपथ आइतबार

काठमाडौं। नवनियुक्त सभामुख डोलप्रसाद अर्यालको पद तथा गोपनीयताको शपथग्रहण आइतबार

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री वाग्ले

वीरगञ्ज । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम

औषधि पसल र थोक बिक्रेतालाई ‘कुशल फार्मेसी अभ्यास’ मापदण्ड पालना गर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले औषधि बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित,

भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तयारी

भक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म