२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश



बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ मा सम्पूर्ण युवा क्लब विजयी हुदै क्वाटरफाईनलमा प्रवेश गरेको छ । निक्कै रोमान्चक खेलमा सम्पूर्णले पेनाल्टी शुटआउटमा ३-० गोल फोर ब्रदर्श एफसीलाई पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

रुपन्देहीमा नै सर्वाधिक राशिफलको क्लबद्धारा संचालन गरिएको गोल्डकप भएको आयोजकको दाबी छ । सिद्धेश्वर खेलमैदानमा भएको खेलको निर्धारित समय गोलरहित बराबारी भएपनि खेल पेनाल्टी शुटआउटमा धकेलिएको थियो । पेनाल्टी शुटआउटमा सम्पूर्ण एफसीका बिशाल तामा, सुमित मल्ल र मनिष चौधरीले गोल गरे ।

यता फोर ब्रर्दशका रंजित चौधरी र सलिल ढकालको प्रहार बाहिरिएको थियो भने आशिष थापाको प्रहार सम्पुर्णका गोलकिपर बिशाल सुनारले रोकिदिए । उनि खेलमा प्लयेर अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको प्लेयर अफ दी म्याच सम्पुर्ण एफसीका गोलकिपर बिशाल सुनारलाई नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डेले पुरस्कार वितरण गरेका छन । शनिबार फर्साटिकर एफसी र मोनष्टर गाईज सुनवलका बिचमा खेल हुने क्लबका अध्यक्ष सुजु मल्लले बताए ।

मैदानलाई आर्कषक सजावटसंगै मैदानको पश्चिम, पूर्व र दक्षिणतर्फ करीब २ हजार क्षमताको अस्थाई प्याराफिट समेत निमार्ण गरिएको छ । प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा कोचलाई नगद पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव प्रकाश क्षेत्रीले बताए । प्रतियोगितामा रुपन्देहीसहित चितवन, नवलपरासी, कपिलबस्तुका गरि १२ क्लबहरुले भाग लिएका छन । गतवर्ष झरना स्पोर्टिङ क्लब विजेता रहेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ६ : ४८ बजे

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको