२१ चैत्र २०८२, शनिबार | April 4, 2026

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ



काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

उनलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

लम्सालमाथि लागेको बलात्कार आरोपबारे अनुसन्धान गर्न उनलाई शुक्रबार पक्राउ गरिएको
प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । अमेरिकामा अध्ययनरत एक नेपाली युवतीले सामाजिक सञ्जालमार्फत एक वर्षअघि आफूलाई लम्सालले अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन्।

ती युवतीले सार्वजनिक गरेको पोस्टमा लामो समयदेखि चिनजान रहेका लम्सालले आफू बसेको अपार्टमेन्ट हेर्न चाहेको बताएपछि विश्वासका आधारमा आफूले उनलाई अपार्टमेन्टमा लगेको बताएकी छन्।
अपार्टमेन्टमा बसेर कुराकानीका क्रममा आफ्ना व्यक्तिगत र स्वास्थ्यसम्बन्धी समस्याबारे कुरा गर्दै भावुक भएको उल्लेख गर्दै उनले त्यही क्रममा आफू बलात्कृत भएको दाबी गरेकी छन्।

सो आरोप सार्वजनिक भएपछि सामाजिक सञ्जाल तथा विभिन्न क्षेत्रबाट घटनाबारे अनुसन्धान गर्न दबाब बढेको थियो। त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै लम्साललाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ९ : ११ बजे

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा