२१ चैत्र २०८२, शनिबार | April 4, 2026

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भेट गरेका छन् ।

लामिछानेलाई भेट्न शाही बुढानिलकण्ठस्थित लामिछाने निवास पुगेर शाहीले भेटघाट गरेका हुन् । सो भेटमा एक घण्टा लामो छलफल भएको थियो । भेटपछि शाहीले सामाजिक सञ्जाल फेसबुकमा लामिछानेसँगको तस्बिर सार्वजनिक गर्दै देश निर्माणको अभियानमा सहकार्य गर्दै अघि बढ्ने संकेत गरेका छन्।

उनले विगतका कठिन अनुभवहरूले आफूहरूलाई कमजोर नभई अझ दृढ बनाएको उल्लेख गर्दै अब देश बनाउने साझा अभियानमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

दुवै नेताबीच प्रतिनिधि सभाको उपसभामुख चयनबारे पनि छलफल भएको बताइएको छ। उपसभामुखको चयनमा रास्वपाको समर्थन निर्णायक बन्न सक्ने भएकाले यस विषयमा विभिन्न राजनीतिक दलहरू सक्रिय देखिएका छन्।

हाल उक्त पदका लागि नेपाली कांग्रेस, नेकपा र श्रम संस्कृति पार्टीले पनि दाबी गरेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  १ : २३ बजे

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ

तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

बिर्तामोड । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौं । वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हालेकोमा अष्ट्रेलियाले

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र