१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

बैंक तथा वित्तीय संस्थाहरू पनि शनिबार र आइतबार बन्द हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि बिदा र कार्यालय समयसम्बन्धी नयाँ व्यवस्था लागू गर्ने घोषणा गरेको छ।

राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार सरकारको निर्णय बमोजिम अबदेखि हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ। यो व्यवस्था आजैदेखि लागू हुने जनाइएको छ।

वसअघि सरकारले सरकारी कार्यालयहरु तथा शिक्षण संस्थाहरु शनिबार र आइतबार बन्द गर्ने घोषणा गरेको थियो ।

नयाँ व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाको दैनिक कार्यालय समय पनि परिवर्तन गरिएको छ।

अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय संचालन हुनेछन् भने दैनिक कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । सर्वसाधारणका लागि बैंकिङ सेवा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म उपलब्ध गराइनेछ।

केन्द्रीय बैंकको निर्देशनपछि वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले आ–आफ्ना संस्थाभित्र नयाँ समय तालिका लागू गर्ने तयारी थालेका छन्।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १२ : ०३ बजे

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको

नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम