२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

कपिलवस्तु-११ दोस्रो सौभाग्य कपको सेमीफाईनलमा प्रवेश



बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ मा कपिलवस्तु-११ अन्तिम चारमा स्थान बनाएको छ । मंगलबार भएको रोमान्चक खेलमा पेनाल्टी शुटआउटमा ४-३ गोल अन्तरले सम्पूर्ण एफसीलाई पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो ।

सिद्धेश्वर खेलमैदानमा भएको खेलको शुरुवातबाट नै समपूर्ण एफसीले आफनो पक्षमा राखेको थियो । खेलको दोस्रो मिनेटमा सम्पुर्णका का मयिक मगरले गोल गर्दै टिमलाई अग्रता दिलाए । सम्पूर्णकै मनिष थारुले खेलको १९ औं मिनेटमा गोल अन्तर दोब्बर बनाए । मयिकको पासमा थारुले गोल गरे । खेलको ३० औं मिनेटमा कपिलवस्तु ११ का सन्जु सेनले गोल गर्दै अन्तर कम गरे ।

दोस्रो हाफमा कपिलवस्तुले खेलमा फर्कदै बराबरी गर्न पुग्यो । खेलको ४० औं मिनेटमा पाएको कर्नरलाई ओम प्रकाश चौधरीले गोलमा परिणत गरे । निर्धारित समयमा थप गोल हुन सकेन । खेल पेनाल्टी शुटआउटमा धकेलियो । खेलमा कपिलबस्तुका स्याम बियाडी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

उनलाई ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले पुरस्कार वितरण गरे । बुधबार क्वाटरफाईनल खेलमा मोनस्टर गाईज सुनवल र अभिशेष चर्च रजहरका बिचमा खेल हुने क्लबका सचिव प्रकाश क्षेत्रीले बताए ।

रुपन्देहीमा नै सर्वाधिक राशिफलको क्लबद्धारा संचालन गरिएको गोल्डकप भएको आयोजक क्लबका अध्यक्ष सुजु मल्लको दाबी छ । प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा कोचलाई नगद पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव प्रकाश क्षेत्रीले बताए । प्रतियोगितामा रुपन्देहीसहित चितवन, नवलपरासी, कपिलवस्तुका गरि १२ क्लबहरुले भाग लिएका छन ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ८ : १९ बजे

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौँ । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन दिने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना

अमेरिका-इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

तेहरान । इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका