२० भदौ २०८३, शनिबार | September 5, 2026

झरना दोस्रो सौभाग्य कपको क्वाटरफाईनलमा



बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ मा डिफेन्डिङ च्याम्पियन झरना स्पोर्टिङ क्लब कुन्जलापुर शानदार जितसंगै क्वाटरफाईनलमा स्थान बनाएको छ । आईतबार भएको रोमान्चक खेलमा योग ब्यायज एफसी देवदहलाई ३–१ गोल अन्तरले पराजित गर्दै झरना क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

झरनाले अब क्वाटरफाईनलमा आयोजक सौभाग्य युवा क्लबसंग खेल्नेछ ।

सिद्धेश्वर खेलमैदानमा भएको खेलको २२ औं मिनेटमा योग ब्यायजका सागर कटुवालले गोल गर्दै टिमलाई अग्रता दिलाए । डिबक्स बाहिरबाट कटुवालले गरेको बल प्रहार जाली चुम्यो । पहिलो हाफमा एक गोलले पछि परेको झरना दोस्रो हाफमा भने फर्कन सफल भयो । खेलको ४७ औं मिनेटमा झरनाका मनिष मगरले बराबरी गोल प्रहार गरे । बिक्की चामलिङ राईले लगत्तै एक मिनेटमा अर्को गोल थपे । खेलमा दिपेश घलेले ६७ औं मिनेटमा निर्णायक गोल गर्दै झरनालाई बिजय बनाए ।

सोमबारदेखी क्वाटरफाईनलका खेलहरु शुरु हुनेछन । पहिलो क्वाटरफाईनलमा देवदह ब्यायज रुपन्देही र हनामी बिएफसी चितवनका बिचमा खेल हुने क्लबका सचिव प्रकाश क्षेत्रीले बताए ।

रुपन्देहीमा नै सर्वाधिक राशिफलको क्लबद्धारा संचालन गरिएको गोल्डकप भएको आयोजक क्लबका अध्यक्ष सुजु मल्लको दाबी छ । मैदानलाई आर्कषक सजावटसंगै मैदानको पश्चिम, पूर्व र दक्षिणतर्फ करीब २ हजार क्षमताको अस्थाई प्याराफिट समेत निमार्ण गरिएको छ । प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा कोचलाई नगद पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव प्रकाश क्षेत्रीले बताए । प्रतियोगितामा रुपन्देहीसहित चितवन, नवलपरासी, कपिलबस्तुका गरि १२ क्लबहरुले भाग लिएका छन ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ८ : २८ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार