२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

पहाडी तथा हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरीको चेतावनी



काठमाडौं । देशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराई क्षेत्रमा हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज (चैत २७) यस्तो मौसम हुने सम्भावना रहेको हो ।

हाल पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ । बिहीबार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको थियो ।

शुक्रबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ । कोसी प्रदेशका पहाडी तथा तराई क्षेत्रसहित अन्य पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

कोसी प्रदेशका पहाडी तथा हिमाली भूभाग र वाग्मती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ ।

राति कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली रहनेछ भने वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । साथै, कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा राति पनि हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ७ : २१ बजे

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना घाइते

कपिलवस्तु । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर । वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन-जङ्गल यतिबेला

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी । बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा । विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक