२९ चैत्र २०८२, आइतबार | April 12, 2026

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै



इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता तत्कालका लागि स्थगित गरिएको छ । पछिल्लो एक दशकभन्दा बढी समयपछि भएको यो प्रत्यक्ष भेट सन् १९७९ को इरानी क्रान्तिपछि सबैभन्दा महत्वपूर्ण संवादका रूपमा हेरिएको छ ।

करिब १४ घण्टा लामो वार्तापछि पनि दुवै पक्षबीचका मुख्य मतभेद कायमै रहेको इरान सरकारले जनाएको छ । वार्ताको उद्देश्य वाशिङ्टन र तेहरानबीच जारी द्वन्द्व अन्त्य गर्नु थियो ।

इरानले सामाजिक सञ्जालमार्फत वार्ता सम्पन्न भएको जानकारी दिँदै प्राविधिक टोलीहरूबीच दस्तावेज आदान-प्रदान जारी रहने र संवादलाई निरन्तरता दिइने जनाएको छ । तर अर्को बैठक कहिले बस्ने भन्नेबारे स्पष्ट गरिएको छैन ।

यस वार्ताको परिणामले दुई हप्तादेखि कायम रहेको नाजुक युद्धविरामको भविष्य र ‘स्ट्रेट अफ होर्मुज’ जलमार्ग खुल्ने वा नखुल्ने विषयमा प्रभाव पार्ने जनाइएको छ । विश्वको करिब २० प्रतिशत ऊर्जा आपूर्ति यही जलमार्गमार्फत हुने भएकाले यसको अवरोधले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ ।

पाकिस्तानको मध्यस्थतामा भएको वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विशेष दूत स्टिभ विट्कफ र जारेड कुश्नर सहभागी थिए । इरानको तर्फबाट संसदका सभामुख मोहम्मद बाकर कालीबाफ र विदेशमन्त्री अब्बास अराक्चीले नेतृत्व गरेका थिए ।

वार्ताका क्रममा वातावरण कहिले सकारात्मक त कहिले तनावपूर्ण रहेको र आपसी अविश्वास स्पष्ट देखिएको स्रोतहरूले बताएका छन् । अमेरिकी पक्षले भने हालसम्म वार्ताबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।

वार्तालाई ध्यानमा राख्दै इस्लामाबादमा कडा सुरक्षा व्यवस्था गरिएको थियो । हजारौँ सुरक्षाकर्मी परिचालन गरिएका थिए ।

इरानले आफ्ना रोक्का सम्पत्ति फुकुवा, युद्ध क्षतिपूर्ति तथा क्षेत्रीय स्तरमा पूर्ण युद्धविरामको माग राखेको छ । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलमार्ग खुला गर्नुपर्ने र इरानको आणविक कार्यक्रम पूर्ण रूपमा रोक्नुपर्ने अडान राखेका छन् ।

यसबीच इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्ध आक्रमण जारी राख्ने संकेत गरेपछि पश्चिम एसियाको स्थिति थप जटिल बन्ने देखिएको छ । यद्यपि, वार्तालाई दीर्घकालीन समाधानतर्फको महत्त्वपूर्ण प्रयासका रूपमा लिइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ९ : २४ बजे

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज