२९ चैत्र २०८२, आइतबार | April 12, 2026

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन



बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको आज स्थलगत अवलोकन गरेका छन् ।

राष्ट्रिय गौरवको आयोजनका रूपमा अघि बढाइएको निर्माणाधीन उक्त राजमार्गको उनले चितवनबाट स्थलमार्ग हुँदै नवलपरासीका विभिन्न क्षेत्रमा अवलोकन गर्नुका साथै निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिएका छन् ।

गृहमन्त्री गुरुङ निर्माणाधीन राजमार्गको अवस्थाका जानकारी लिएर स्थलमार्ग हुँदै आज रुपन्देही आएर भैरहवाबाट काठमाडौँ फर्केको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ पाध्याले जानकारी दिए ।

त्यस्तै गृहमन्त्री गुरुङले आजै निर्माणाधीन बुटवल-गोरुसिङ्गे सडकको विषयमा जानकारी लिएका थिए । राष्ट्रिय गौरवको आयोजनका रूपमा अघि बढाइएको उक्त आयोजनाका लागि आवश्यक नदीजन्य सामाग्रीको अभावले निर्माणले गतिलिन नसकेको बारेमा आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले गृहमन्त्रीलाई जानकारी दिइन् ।

साथै गृहमन्त्री गुरुङले आज निर्माण कम्पनीका प्रतिनिधिसहित बुटवलको तिनाउ नदीको मगरघाट क्षेत्रको अवलोकन गरेको आयोजना प्रमुख न्यौपानेले जानकारी दिइन् । सो क्षेत्र तिनाउ नदीबाट नदीजन्य पदार्थ निकाल्न मिल्ने स्थानका रूपमा मानिएको उनको भनाइ छ ।

आयोजना प्रमुख न्यौपानेले निर्माण व्यवसायी र आयोजना कार्यालयका तर्फबाट नदीजन्य पदार्थको अभाव हुँदा काम प्रभावित भएको विषयमा गृहमन्त्री गुरुङलाई जानकारी गराइएकाले समस्या समाधान हुनेमा विश्वास व्यक्त गरिन् ।

राष्ट्रिय गौरवको आयोजना बुटवल-गोरुसिङ्गे सडक विस्तार आयोजनाका लागि आवश्यक माटो, भष्कट र नदीजन्य सामग्रीको अभावका कारण पुल, कल्भर्ट र नालीबाहेकका अधिकांश काम ठप्पजस्तै भएका छन् । उनका अनुसार नदीजन्य पदार्थको अभावले प्रभावित बनेको क्षेत्रअन्तर्गत बुटवलको पाखापानबाट रुपन्देहीको कोठीनदीसम्म पर्दछ ।

“बुटवलको पाखापानबाट कोठीनदीसम्मको क्षेत्रका अधिकांश ठाउँमा लाखौँ घनमिटर माटो, भस्कट र नदीजन्य सामग्री आवश्यक पर्दछ । यस आयोजनाका लागि अझै माटो तथा भष्कट आठ लाख १० हजार घनमिटर र नदीजन्य पदार्थ करिब सात लाख ४९ हजार घनमिटर आवश्यक पर्दछ”, आयोजना प्रमुख न्यौपानेले भनिन् ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ९ : २८ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्