२० भदौ २०८३, शनिबार | September 5, 2026

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने



काठमाडौं । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो ।

हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ । प्रस्तावित आयोजनाको बाँध सेती नदी र कालीगण्डकी नदीको दोभानबाट करिब १० किलोमिटरमाथि उर्लेनी खडगकोट कालीगण्डकी गाउँपालिका-६ गुल्मी र बिहादी गाउँपालिका-२ बर्राचौर पर्वत क्षेत्रमा पर्नेछ । आयोजनामा कुल २४४ मिटर अग्लो बाँध निर्माण हुने जनाइएको छ ।

बाँधमा पानी जम्मा हुँदा करिब २९ किलोमिटर लामो खनियाघाटसम्म ताल बन्नेछ । यस आयोजनाको नेट हेड १८३ दशमलव चार मिटर छ । डिस्चार्ज ४०५ घनमिटर प्रतिसेकेण्ड र कुल वार्षिक ऊर्जा उत्पादन एक हजार ६४५ दशमलव ६५ गिगावाट घण्टाबराबर हुने आयोजनाले जनाएको छ ।

यस आयोजनामा चारवटा स्टिल पेन स्टक, विद्युत्गृह चारवटा प्रान्सिस टर्बाइन प्रस्ताव गरिएको छ । आयोजनाको विद्युत्गृह बिहादी गाउँपालिका बर्राचौर पर्वतमा प्रस्ताव गरिएको छ । आयोजनाले पर्वतको जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका र बिहादी गाउँपालिकाका विभिन्न वडा प्रभावित हुनेछ ।

यस्तै बागलुङको बागलुङ नगरपालिका, जैमिनी नगरपालिकाका विभिन्न वडा प्रभावित हुनेछ । गुल्मीको कालीगण्डकी गाउँपालिका र स्याङ्जाको गल्याङ नगरपालिका प्रभावित हुनेछ । आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय मूल्याङ्कन विद्युत् विकास विभाग र परामर्शदाता जेभी स्मेक इन्टरनेसनल तथा जेड कन्सल्टले गरिरहेको छ ।

प्रस्तावित आयोजना पृथ्वी राजमार्ग, पोखरा-बागलुङ सडकखण्ड, दोबिल्ला-फलेबास सडक कालीगण्डकी लोकमार्ग तथा कालीगण्डकी करिडोर हुँदै पुग्न सकिनेछ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ७ : ५३ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार